काठमाडौं । चाबहिलको चुच्चेपाटीमा रहेको भाटभटेनी स्टोरमा ६ वटा शव भेटिएको छ ।
जलेको अवस्थामा ६ वटा मानव कंकाल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले जानकारी दिनुभयो । ककांल भेटिएका शव चिन्न सकिने अवस्थामा छैनन् ।
२४ भदौमा भएको जेनजीको आन्दोलनमा भाटभटेनीमा आगजनी भएको थियो ।










