१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी छाडे, अर्को पार्टी गठनको तयारी



अ+ अ-

काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक अध्यक्ष रेशम चौधरीले पार्टी छोडेका छन्।

आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लाइभ सन्देश जारी गर्दै उनले आफूले पार्टी छोडेको र नागरिक उन्मुक्ति पार्टी, नेपाल घोषणा गरेका जानकारी गराएका छन् ।

उनले भनेका छन् ‘आजसम्म नागरिक उन्मुक्ति पार्टीको संरक्षक मानिदिनु भएकोमा सम्पूर्णलाई धन्यवाद । आजदेखि भने म त्यो पार्टीबाट अलग भएको छु। नयाँ संगठन निर्माणमा आजैदेखि जुटेको छु।’

निर्वाचन आयोगले अध्यक्ष रञ्जिता श्रेष्ठलाई मान्यता दिएपछि चौधरीले नाउपा छाडेर नयाँ पार्टी गठन गरेका हुन्।