१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी छाडे, अर्को पार्टी गठनको तयारी



अ+ अ-

काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक अध्यक्ष रेशम चौधरीले पार्टी छोडेका छन्।

आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लाइभ सन्देश जारी गर्दै उनले आफूले पार्टी छोडेको र नागरिक उन्मुक्ति पार्टी, नेपाल घोषणा गरेका जानकारी गराएका छन् ।

उनले भनेका छन् ‘आजसम्म नागरिक उन्मुक्ति पार्टीको संरक्षक मानिदिनु भएकोमा सम्पूर्णलाई धन्यवाद । आजदेखि भने म त्यो पार्टीबाट अलग भएको छु। नयाँ संगठन निर्माणमा आजैदेखि जुटेको छु।’

निर्वाचन आयोगले अध्यक्ष रञ्जिता श्रेष्ठलाई मान्यता दिएपछि चौधरीले नाउपा छाडेर नयाँ पार्टी गठन गरेका हुन्।