२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाले लियो १ लाख ९० हजार बढीको ज्यान



अ+ अ-

काठमाडौं । कोराना भाइरसका कारण विश्वभर १ लाख ९० हजार छ सय ५४ जनाको मृत्यु र २७ लाख १८ हजार छ सय ९९ संक्रमित भएका छन् । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सबैभन्दा धेरै संक्रमित अमेरिकामा ८ लाख ८० हजार २ सय चार पुगेको छ । यस्तै बिश्वमा सबै भन्दा धेरै अमेरिकामा ४९ हजार ८ सय ४५ जनाको मृत्यु भएको छ । यस्तै विश्वभर अहिलेसम्म ७ लाख ४५ हजार ६ सय २० जना निको भएर घर फर्किएका छन् ।

अमेरिकामा ८५ हजार ९ सय २२ जना निको भएका छन् । अमेरिकापछि बढी प्रभावित इटलीमा मृतक संख्या २५ हजार ५ सय ४९ जनाको मृत्यु भएको छ भने १ लाख ८९ हजार ९ सय ७३ जना संक्रमित भएका छन् । स्पेनमा संक्रमित संख्या २ लाख १४ हजार २४ छ भने मृतक संख्या २२ हजार १ सय ५७ रहेको छ ।

फ्रान्समा १ लाख ५९ हजार एक सय ६० जना संक्रमित भएका छन् भने २२ हजार १ सय ५७ जनाको मृत्यु भएको छ । बेलायतमा १ लाख १८ हजार ३८ संक्रमित छन् भने १८ हजार ७ सय ३८ जनाको मृत्यु भएको छ ।