१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाले लियो १ लाख ९० हजार बढीको ज्यान



अ+ अ-

काठमाडौं । कोराना भाइरसका कारण विश्वभर १ लाख ९० हजार छ सय ५४ जनाको मृत्यु र २७ लाख १८ हजार छ सय ९९ संक्रमित भएका छन् । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सबैभन्दा धेरै संक्रमित अमेरिकामा ८ लाख ८० हजार २ सय चार पुगेको छ । यस्तै बिश्वमा सबै भन्दा धेरै अमेरिकामा ४९ हजार ८ सय ४५ जनाको मृत्यु भएको छ । यस्तै विश्वभर अहिलेसम्म ७ लाख ४५ हजार ६ सय २० जना निको भएर घर फर्किएका छन् ।

अमेरिकामा ८५ हजार ९ सय २२ जना निको भएका छन् । अमेरिकापछि बढी प्रभावित इटलीमा मृतक संख्या २५ हजार ५ सय ४९ जनाको मृत्यु भएको छ भने १ लाख ८९ हजार ९ सय ७३ जना संक्रमित भएका छन् । स्पेनमा संक्रमित संख्या २ लाख १४ हजार २४ छ भने मृतक संख्या २२ हजार १ सय ५७ रहेको छ ।

फ्रान्समा १ लाख ५९ हजार एक सय ६० जना संक्रमित भएका छन् भने २२ हजार १ सय ५७ जनाको मृत्यु भएको छ । बेलायतमा १ लाख १८ हजार ३८ संक्रमित छन् भने १८ हजार ७ सय ३८ जनाको मृत्यु भएको छ ।