१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय सरकार पनि विघटन हुनुपर्छ : प्रभु साह



अ+ अ-

काठमाडौं। आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय सरकार पनि विघटन गर्न माग गरेका छन् ।

सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै साहले अहिलेकै संविधान, व्यवस्था र प्रणालीलाई स्वीकार गरेर केवल सरकार बदलने समझौता जेनजी आन्दोलनसंग धोखा भएको टिप्पणी गरेका छन् ।

सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले जनविद्रोहमार्फत कांग्रेस, एमालेको अलोकतान्त्रिक, अंवैधानिक गठबन्धनको अपवित्र सरकार, संसद र संविधानलाई अस्वीकार गरिसकेको सन्दर्भमा फेरि उही संसद र संविधानमा टेकेर अगाडि बढ्ने कुरा गर्नु जनादेशको अपमान हुने उनले बताए ।

‘वर्तमान सरकारको गठन र संसदको बिघटनलाई अलोकतांत्रिक एवं असंवैधानिक भन्नेहरूसंग मेरो प्रश्न छ, २०४६ सालको अन्तरिम सरकार र संविधान, २०६३ सालको अन्तरिम सरकार र संविधान कुन संविधान अनुसार भएको थियो तथा ०७० सालमा खिलराज प्रधानमन्त्री कुन बिधि बिधान अंतर्गत भएको थियो ?’ साहले प्रश्न गरे ।

नेपाली जनताले अहिलेको संविधान र गठबन्धनको अपवित्र सरकार दुबै अस्वीकार गरिसकेकाले संविधानको रटान लगाउनुको कुनै औचित्य नभएको बताउदै उनले राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय सरकार समेत विघटन गरेर नयाँ संविधान निर्माणको दिशामा अगाडी बढनुको विकल्प नभएको बताए ।