२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय सरकार पनि विघटन हुनुपर्छ : प्रभु साह



अ+ अ-

काठमाडौं। आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय सरकार पनि विघटन गर्न माग गरेका छन् ।

सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै साहले अहिलेकै संविधान, व्यवस्था र प्रणालीलाई स्वीकार गरेर केवल सरकार बदलने समझौता जेनजी आन्दोलनसंग धोखा भएको टिप्पणी गरेका छन् ।

सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले जनविद्रोहमार्फत कांग्रेस, एमालेको अलोकतान्त्रिक, अंवैधानिक गठबन्धनको अपवित्र सरकार, संसद र संविधानलाई अस्वीकार गरिसकेको सन्दर्भमा फेरि उही संसद र संविधानमा टेकेर अगाडि बढ्ने कुरा गर्नु जनादेशको अपमान हुने उनले बताए ।

‘वर्तमान सरकारको गठन र संसदको बिघटनलाई अलोकतांत्रिक एवं असंवैधानिक भन्नेहरूसंग मेरो प्रश्न छ, २०४६ सालको अन्तरिम सरकार र संविधान, २०६३ सालको अन्तरिम सरकार र संविधान कुन संविधान अनुसार भएको थियो तथा ०७० सालमा खिलराज प्रधानमन्त्री कुन बिधि बिधान अंतर्गत भएको थियो ?’ साहले प्रश्न गरे ।

नेपाली जनताले अहिलेको संविधान र गठबन्धनको अपवित्र सरकार दुबै अस्वीकार गरिसकेकाले संविधानको रटान लगाउनुको कुनै औचित्य नभएको बताउदै उनले राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय सरकार समेत विघटन गरेर नयाँ संविधान निर्माणको दिशामा अगाडी बढनुको विकल्प नभएको बताए ।