१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

जेन जी आन्दोलनले प्रमुख राजनीतिक दलका पार्टी कार्यलय ध्वस्त

जेन जी आन्दोलनले प्रमुख राजनीतिक दलका पार्टी कार्यलय ध्वस्त
अ अ+ अ-

काठमाडौँ । जेन जी आन्दोलनका प्रदर्शनकारीको निशानामा सरकारी संरचना, राजनीतिक दलका कार्यलय, राजनितिक दलका नेताहरुको घर र व्यापारिक कम्प्लेसहरु परेका छन् ।

भ्रष्टाचार विरुद्धको आन्दोलनको नारा लिएर सडकमा उत्रिएका युवाहरुले भदौ २४ गते सिंहदरबार, संसद भवन लगायतका सरकारी संरचनासँगै देशका प्रमुख राजनितिक दलहरु नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) को कार्यलयमा तोडफोड तथा आगजानी गरेका हुन् । प्रदर्शनकारीले लगाएको आगोले सानेपामा रहेको नेपाली काँग्रेस र नेकपा एमालेको कार्यलय पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ । कार्यलयमा रहेका सम्पूर्ण कागजात जलेर नष्ट भएका छन् भने कार्यलय खण्डहर बनेको छ । जलेको पार्टी कार्यलयका काँग्रेस कार्यकर्ताले पार्टीको झण्डा र विपी कोईरालाको तस्बिर अंकित झण्डा राखेका छन् ।

च्यासलमा रहेको नेकपा एमालेको पार्टी कार्यलय र पेरिसडाँडामा रहेको माओवादी केन्द्रको पार्टी कार्यलयलाई पनि प्रर्दशनकारीले आगो लगाएर ध्वस्त बनाइदिएका छन् । बानेश्वरमा रहेको एकिकृत समाजवादीको कार्यलयमा भने तोडफोड मात्रै भएको छ । प्रदर्शनकारीले गरेको आगजानी र तोडफोडबाट दलहरुको महत्वपुर्ण दस्तावेजहरु नष्ट भएका छन् भने करोडौँ रुपैयाँको क्षति भएको छ । जलेका पार्टी कार्यलयहरु देखेर कार्यकर्ताहरु निराश हुँदै फर्किने गरेका छन् ।