२१ भाद्र २०८३, आईतवार
,
Latest
नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमूना संकलन एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन ‘भट्टारमा पहिरोका कारण उत्पन्न जोखिम कम गर्न आवश्यक पहल गरिने’ नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विचारको धरोहर ढल्दैन, पार्टी फोरममार्फत खुला समीक्षा गरौँः गोकुल बाँस्कोटा



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पार्टीभित्र नीति र विधिको रक्षा भए नेतृत्वको रक्षा स्वतः हुने बताएका छन् ।

शनिबार सामाजिक सञ्जालमा लेख्दै उनले ‘ब्रेन ड्रेन’ र ‘ब्रेन वास’पछि ‘ब्रेन हाईज्याक’को प्रयास नगर्न आग्रह गरेका छन् ।

बाँस्कोटाले पार्टीभित्र खुला बहस र समीक्षाका लागि तत्काल फोरम आयोजना गर्नुपर्ने सुझावसमेत दिएका छन् ।

“म्याकाभेलियनवादीहरु मार्क्सवादमा फर्कनासाथ विषय स्पष्ट र गतिशील हुन्छन्, त्यसपछि पन्छने पेटीबुर्जुवा मात्र हुन्छन्,” उनले लेखेका छन्।

भौतिक आक्रमणले विचारलाई परास्त गर्न नसक्ने उल्लेख गर्दै उनले थपेका छन्, “मान्छेलाई मार्न सकिन्छ तर उसको विचारलाई कहिल्यै हराउन सकिँदैन ।”

उनले लेखेका छन्–
नीति र बिधिको रक्षा भएपछि नेतृत्वको रक्षा स्वत हुन्छ।ब्रेन ड्रेन,ब्रेन वास पछि ब्रेन हाईज्याक प्रयास नगर ।बरु खुल्ला समीक्षाका लागि पार्टीका फोरम तत्काल आयोजना गर।

म्याकाभेलियनवादीहरु मार्क्सवादमा फर्कनासाथ बिषय स्पष्ट र गतिशील हुन्छन।त्यसपछि पन्छने पेटीबुर्जुवा मात्र हुन।नो टेन्स
र, यो पनि थप्छु कि भौतिक आक्रमणले विचारको धरोहर ढल्दैन,मान्छेलाई मार्न सकिन्छ तर उस्को विचारलाई कदापि हराउन सकिदैन।