१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ? News Polar दशौं राष्ट्रिय खेलकुद सर्दैन, ढुक्क हुनुस् : मन्त्री पोखरेल News Polar कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको हो : राई News Polar भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको लामो इतिहास छ : अध्यक्ष खड्गे News Polar राजनीतिलाई पद प्राप्त गर्ने माध्यम होइन, राष्ट्रप्रतिको जिम्मेवारीका रूपमा बुझ्नुपर्छ : भण्डारी News Polar विदेशी राजनीतिक दल र नेताबाट कांग्रेस महाधिवेशनलाई शुभकामना News Polar स्थानीय तहमै पुगेर युवालाई रोजगारीसँग जोड्दै सीप तथा रोजगार मेला News Polar दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न News Polar बेत्रावतीको बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने News Polar घिमिरेको प्रश्न– ‘अन्तिम पंक्तिमा उभिएको नागरिकको जीवन बदल्न सक्यौँ त ?’ News Polar काँग्रेसको १५ औँ महाधिवेशन केवल पद बाँडफाँटका लागि होइन, आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छः उपसभापति भुसाल

अध्यादेश फिर्ता लिने मनस्थितिमा प्रधानमन्त्री

अध्यादेश फिर्ता लिने मनस्थितिमा प्रधानमन्त्री
अ अ+ अ-

सरकारले पार्टी विभाजनका लागि पार्टी र संसद् दुवैमा ४० प्रतिशत हुनुपर्ने व्यवस्था गर्न ल्याएको अध्यादेश फिर्ता हुने भएको छ । सरकारले जारी भइसकेको अध्यादेश फिर्ता गर्न विकल्पमा छलफल सुरु गरेको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले बुधबारदेखि जारी राखेका सांसदसँगको छलफललाई बिहीबार स्थगित गरे । बुधबार साँझसम्म अध्यादेशको पक्षमा बोलिरहेका प्रधानमन्त्री बिहीबार अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँगको लामो छलफलपछि निर्धारित कार्यक्रम स्थगित गरिएको थियो । बालुवाटार स्रोतका अनुसार दाहाल र नेपालले अध्यादेश गलत समयमा गलत तरिकाले आएको भन्दै प्रधानमन्त्रीको आलोचना गरेका थिए ।

यसअघि नेकपाका २० स्थायी कमिटी सदस्यले स्थायी कमिटी बैठक बोलाउन दुई अध्यक्षलाई पत्र बुझाएका थिए । स्थायी कमिटी बोलाएर सरकारले ल्याएका अध्यादेशको औचित्य र आवश्यकताको विषयमा छलफल गर्न माग गरिएको स्थायी कमिटी सदस्य वेदुराम भुसालले जानकारी दिए । उनका अनुसार पार्टीभित्र कुनै छलफल नै नगरी एक्कासि अध्यादेश ल्याउनुको औचित्यबारे प्रधानमन्त्री ओलीले जवाफ दिनुपर्ने हुन्छ । पार्टीभित्र आफूलाई अप्ठ्यारो पर्ने स्थिति आएपछि बिहीबार दाहाल र नेपालसँगको छलफलपछि प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने वचन दिएको एक नेताले जानकारी दिए ।

एक्कासि ल्याइएको राजनीतिक दलसम्बन्धी ९दोस्रो संशोधन० अध्यादेश, २०७७ ले धेरै विवाद सिर्जना गरेपछि सरकार त्यसबाट पछाडि हट्ने भएको हो । जारी गरेको अध्यादेशले मधेसकेन्द्रित दल फुटाउनेभन्दा जुटाउने र नेकपाभित्रै धेरै विवाद उत्पन्न भएपछि प्रधानमन्त्री ओली फिर्ता लिन तयार भएका हुन् । अध्यादेश फिर्ता नगर्दा पार्टीभित्र र बाहिर ठूलो विवाद सिर्जना हुने भएकाले फिर्ता लिन सहमति जुटेको नेकपाका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । प्रधानमन्त्री ओलीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ फिर्ता लिने विषयमा सहमति जनाएपछि यो कसरी अघि बढ्ला भन्ने प्रश्न उठेको छ । संविधानको धारा ११४ मा अध्यादेश जारी गर्ने व्यवस्था रहेको छ ।

यसैगरी, संविधानको धारा ११४ अनुसार जारी भएको अध्यादेश सोही धाराको उपधारा २ को ‘ख’ अनुसार खारेज हुन सक्छ । यसरी जारी भएको अध्यादेश ‘राष्ट्रपतिबाट जुनसुकै बखत खारेज हुन सक्नेछ’ भनिएको छ । राष्ट्रपतिलाई त्यसका लागि सिफारिस हुन जरुरी छ । प्रधानमन्त्री ओलीले अध्यादेशको आवश्यकता नभएको भन्दै मन्त्रिपरिषद्बाट त्यसलाई खारेजीको सिफारिस गरेमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेको एक साता नबित्दै खारेज गरिएको निर्णय हुन सक्छ । यस्तै, अब केही समयमै बजेट अधिवेशन सुरु हुने भएकाले त्यसमार्फत अध्यादेशलाई सरकारले निष्क्रिय बनाउन सक्छ । उपधारा २ को ‘क’ र ‘ग’ अनुसार निष्क्रिय बनाउन सक्नेछ ।

‘क’ मा जारी भएको अध्यादेश संघीय संसद्को दुवै सदनमा पेस गर्ने र दुवै सदनले स्वीकार नगरेमा स्वतः निष्क्रिय हुने उल्लेख छ । त्यस्तै, ‘ग’ मा ‘क’ र ‘ख’ बमोजिम निष्क्रिय वा खारेज नभएमा दुवै सदनको बैठक बसेको ६० दिनपछि स्वतः निष्क्रिय व्यवस्था छ । सरकारले यो विकल्प पनि प्रयोग गर्न सक्छ । त्यस्तै, सरकारले ६० दिनसम्म दुवै अध्यादेशको प्रतिस्थापन विधेयक संघीय संसद्को कुनै पनि सदनमा पेस नगरी ६० दिन कटाएर पनि यसलाई निष्क्रिय पार्न पनि सक्नेछ । प्रधानमन्त्री ओलीले गत ८ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकमा यो अध्यादेश ल्याउने निर्णय गराएका थिए । सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेकी थिइन् । राजधानी दैनिक