१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दोस्रो विश्व युद्ध जितेका सय वर्षिय एक सैन्य अधिकारीको कोरानाका कारण मृत्यु

दोस्रो विश्व युद्ध जितेका सय वर्षिय एक सैन्य अधिकारीको कोरानाका कारण मृत्यु
अ अ+ अ-

काठमाडौं । दोस्रो विश्व युद्धका अनुभवी एकजना सैन्य अधिकारीको कोभिड–१९ को संक्रमणबाट सय वर्षको उमेरमा मृत्यु भएको छ । उहाँको जुम्ल्याहा भाईको भने एक सय वर्षअघि सन् १९१८ को महामारीमा मृत्यु भएको थियो । अमेरिकाको न्युर्योकस्थित नसौ काउन्टीका फिलिप कान दोस्रो विश्वयुद्धको अनुभव बटुल्ने न्युर्योकका सबैभन्दा जेठा व्यक्ति हुनुहुन्थ्यो । फिलिप कान आफू जिउँदो छदै अर्को महामारी आउनसक्ने त्रासमा हुनुहुन्थ्यो । उहाँको नाती वारन जिसमनले सिएनएनसँगको कुराकानीको क्रममा बाजेसँगको क्षणहरु सुनाउँदै बेलीबिस्तार लगाउनुभयो । “इतिहास जहिलेपनि दोहोरिन्छ, लामो समयका लागि एकसय वर्ष ठूलो होइन”, बाजेको भनाइलाई उद्धृत गर्दै वारन जिसमनले उल्लेख गर्नुभयो ।

कान र उहाँको जुम्ल्याहा भाई सैम्युलको जन्म सन् १९१९ को डिसेम्बर ५ मा भएको थियो । जन्मेको केही सातामा भाई सैम्युलको मृत्यु भएको थियो । सन् १९१८ बाट सुरु भएको स्पैनिस फ्लुको नाम दिइएको इन्फ्लुएन्जा महामारीले सैम्युलको मृत्यु भयो । स्पैनिस फ्लुले विश्वभरि करिब पाँच करोड व्यक्तिको मृत्यु भएको थियो । अमेरिकी रोग नियन्त्रण तथा उन्मूलन केन्द्रका अनुसार छ लाख ७५ हजार अमेरिकी नागरिक फ्लुको कारण ज्यान गुमाउन पुगे । कोरोनाभाइरसको संक्रमणले अमेरिकामा ४७ हजारभन्दा बढी जनाको मृत्यु भइसकेको छ । जोन हप्कीन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ को संक्रमणले न्युर्योक राज्यमा मात्रै १९ हजार जनाको मृत्यु दत्र्ता गरिएको छ ।
दोस्रो विश्वयुद्धमा फिलिप कान अमेरिकी वायु सेनामा सिपाहीको भूमिकामा हुनुहुन्थ्यो ।

उहाँ इन्जिनियर र सहायक हवाइचालक भएर विश्वयुद्धमा सहभागी हुनुभयो । दोस्रो विश्वयुद्धमा सेवा दिए वापत् उहाँले दुई दर्जन रजत युद्ध पदक पाउनुभएको छ । नाती जिसमनका अनुसार विश्वयुद्धपछि इलेक्ट्रिकल फरम्यानको रुपमा काम गर्दै उहाँ ‘वल्र्ड ट्रेड सेन्टर’ निर्माणमा जुट्नुभयो । कोरोनाभाइरसको प्रकोपले महामारीको रुप लिदा अधिकांश समय फिलिप कानले समाचार हेर्दै बिताउनुभएको थियो । जीवनको उत्तराद्र्धमा उहाँ महामारीबारे राम्ररी अवगत् हुनुभएको थियो । अप्रिल १७ मा मृत्यु हुनुअघि उहाँमा खोकी लाग्ने र श्वास फेर्न समस्या देखिएको जिसमनले बताउनुभयो । कोरोनाभाइरसबाट संक्रमित भएको हुनसक्ने उहाँले अनुमान लगाउनुभएको थियो ।

जिसमनका अनुसार जीवनको अन्तिम केही दिन यता फिलिप कानले आफ्नो जुम्ल्याहा भाइबारे चर्चा गर्नुभएको थियो । १०० वर्षीय कानमा कोरोनाभाइरस संक्रमणको पुष्टि भयो तर परिवारजनले उहाँ जिवित छँदै स्वास्थ्य प्रतिवेदन प्राप्त गर्न सकेन । जिसमनका अनुसार उहाँले ठूलो संख्यामा सैन्य संस्कारको इच्छा राख्नुभएको थियो तर महामारीका बीच उहाँको इच्छा पुरा गर्न सकिएन ।
कानसँगै दोस्रो विश्वयुद्धमा जलसेनामा सेवा गरेका एकजना सैन्यको छोराका लागि चिहान बनाएर सैन्य समारोह आयोजना गरियो तर सामाजिक दूरी बनाएर मात्रै । कानसँगै दोस्रो विश्वयुद्धमा अमेरिकी सेनामा सेवा गर्नुभएका सैम्पसन लेष्टर फ्रैडम्यान पनि संस्कारमा सहभागी हुनुभयो ।

फ्रैडम्यान भन्नुहुन्छ, “उहाँ विमानमा इन्जिनियरको रुपमा कार्यरत हुनुहुन्थ्यो र जहिले पनि काम गर्न जागरुक देखिनुहुन्थ्यो, वास्तवमै उहाँमा केही विशेष थियो ।” जिसमनका अनुसार कान प्रत्येक विदाको दिन, प्रत्येक समारोहमा आफ्नो जुम्ल्याहा भाईका बारेमा कुरा गर्नु हुन्थ्यो । “भाईको जन्म भएको केही सातामै मृत्यु हुँदाहुँदै उहाँमा भाईलाई भेटने चाहनाले मन सधैं दुख्थ्यो े ।”– कानका नाती जिसमनले बाजेको संस्मरण सुनाउनुभयो । गोरखापत्र दैनिक