१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्लाफाँटाका दुई सामुदायिक वन क्षेत्रको अतिक्रमण हटाइयो



अ+ अ-

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–८ स्थित दुई वटा सामुदायिक वनमा गरिएको अतिक्रमण आज हटाइएको छ ।

संगठित रुपमा करिब १५० बढी व्यक्तिले अमरजित सामुदायिक वन र प्रगति महिला सामुदायिक वनक्षेत्रमा अस्थायी झुपडी बनाएर बसेका थिए । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, वन कर्मचारी र सामुदायिक वन उपभोक्ता समूहले संयुक्त रुपमा आज उनीहरुलाई हटाएको हो ।

सुदूरपश्चिम प्रदेशका वन निर्देशक हेमराज बिष्टका अनुसार तीन दिन दिनअघि देखि उनीहरुले झुपडी बनाउन थालेका थिए । “असहज परिस्थितिको फाइदा उठाउँदै संगठित रूपमा वन क्षेत्र अतिक्रमण गर्न आएका व्यक्तिहरूलाई समयमै हटाएर सामुदायिक वन जोगाएका छौँ,” उहाँले भन्नुभयो ।

स्थायी संरचना निर्माण गर्नुअघि नै हटाउन सफल भएको उहाँले बताउनुभयो । अतिक्रमण हटाउने प्रयास दुई पटक असफल भएको थियो । उल्टै अतिक्रमणकारीहरुले आक्रमण गरी वन सुरक्षाकर्मी चढेको गाडीमा क्षति पु-याएका थिए ।

“हामीले प्रमुख जिल्ला अधिकारीसँग सुरक्षा माग गरेका थियौँ, उहाँसँगको समन्वयमा सुरक्षाकर्मी परिचालन भएपछि मात्र अतिक्रमण हटाउन सफल भयौँ,” निर्देशक बिष्टले भन्नुभयो । रासस