१० असार २०८३, बुधबार
,
Latest
रास्वपा महाधिवेशन प्रतिनिधिको आरोप–स्वर्णिम वाग्लेको अर्थ–राजनीतिक प्रश्ताव संघीय शासन प्रणालीमाथि आक्रमण गर्नेगरी आयो, पर्याप्त छलफल… रास्वापाको महाधिवेशन निर्वाचन तालिका संशोधन ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीले माग्यो आगजनी र लुटपाटका भिडिओ र फोटोहरू, यसरी पठाउन सकिन्छ



अ+ अ-

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको आगजनी, लुटपाटमा संलग्नहरूलाई कारबाहीका लागि नेपाल प्रहरीले भिडिओ र फोटोहरू पठाएर सहयोग गर्न आव्हान गरेको छ ।

प्रहरीले काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा डर सिर्जना हुने गरीका घटनासँग सम्बन्धित तस्बिर, भिडिओ तथा विभिन्न सामाजिक सञ्जालका लिङ्क उपलब्ध गराउन भनेको हो ।

त्यस्ता प्रमाण नेपाल प्रहरीको आधिकारिक इमेल ठेगानामा [email protected]  पठाउन आग्रह गर्दै प्रहरीले प्रमाण दिनेहरूको गोपनीयता कायमै राख्ने स्पष्ट पारेको छ ।

भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनको क्रममा देशभर थुप्रै सार्वजनिक तथा निजी भौतिक संरचनामाा आगजनी तथा लुटपाट भएका छन् ।