१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

अपहरण गरेको भन्ने कुरा सरासर हावादारी हो : सांसद यादव

अपहरण गरेको भन्ने कुरा सरासर हावादारी हो : सांसद यादव
अ अ+ अ-

देश कोरोना भाइरस संक्रमणको महामारीसँग लडिरहेको बेला पछिल्लो केही दिन यता नेपाली राजनतीति वृतमा केही कुराहरु चर्चामा आयो । प्रधानमन्त्री ओलीले ल्याउनुभएको राजनीतिक दल सम्बन्धी अध्यादेश, अध्यादेश जारी भइसकेपछिका घटनाक्रम चर्चामा रहे । बुधबार मात्रै राजपा र समाजवादी पार्टी बिच एकताको घोषणा भयो । तर समाजवादी पार्टीका केही सांसदहरु पार्टी विभाजन गर्न लागेको समाचार पनि चर्चामा आयो । सांसद प्रदिप यादवको नाम पनि समाजवादिबाट छुट्टिर जाने भन्ने मै थियो । यसै विषयमा केन्द्रीत रहेर न्यूज एजेन्सी नेपालका सम्वाद्दाताले सांसद यादवसँग गर्नुभएको कुराकानी ।

पछिल्लो समयको राजनीतिक घटनाक्रममा तपाईको नाम अगाडि नै आयो । यसको कारण के हो ?

नाम आउनुको कारण के हो भने पार्टी भित्र असन्तुष्टि हाम्रो थियो । हामी १०/११ जना माननीय सांसदज्यूहरु एउटा समूह बनाएका थियौं । असन्तुष्टहरु भेला भएर एउटा समुह बनाएका थियौं । हाम्रो जुन पिडा छ, हाम्रो जुन दर्द छ र पार्टी भित्र हाम्रो विभिन्न ठाउँमा आलोचना भएको छ खासगरी पार्टी नेतृत्वबाट । त्यसलाई कसरी पार्टीलाई नेतृत्वप्रति दवाव दिने पार्टीलाई कसरी सहि ट्रयाकमा ल्याउने, पाटीको नेतृत्वले जिल्लामा गएर अपमानित गर्ने गरेकोमा त्यसलाई नियन्त्रण गर्न समुह बनाएका थियौं र यसै बिच खासगरेर सरकारबाट अध्यादेश आयो त्यसबाट हामी चर्चामा आयौं । यस्तै उहाँहरुले पार्टी फुटाउन लाग्दै हुनुहुन्छ भन्ने मिडियामा आयो एकातिर अध्यादेश जनु आएको छ सरकारबाट यो समाजवादि पार्टीलाई फुटाउनका लागि आयो यसबाट हामी चर्चामा आएका हौं। तर हामीले पार्टी फुटाउनका निमित्त समूह बनाएका होइनौं। यो किन बनायौं भने पार्टीमा सामूहिक नेतृत्व गराउनको निमित्त र कसैलाई काखापाखा पार्टीले नदेखोस, सबैको समान इज्जत गरोस त्यसको लागि हामीले समुह बनाएको सहि हो, असन्तुस्ट रहेको सहि हो । तर पार्टी फुटाउनको निमित्त हामी अगाडि बढेको होइन् । तर केही साथिको राय सल्लाह थियो । त्यो पनि होइनकी राय सल्लाह थिएन् । किन की मौका आएको छ अध्यादेश पनि आइसक्यो यस्तो मौका कहिले आउँदैन हामी अगाडि बढौं भन्ने पनि थियो त्यस कारण हामी चर्चामा आएको सहि कुरा हो ।

तपाईहरुको पार्टी भित्र असन्तुष्टि थियो भन्नुभयो । यसमा अलि स्पस्ट पारिदिनुहोस न् । पार्टी भित्र कस्तो असन्तुष्टि थियो ?

अप्ठेरो के थियो भने नेतृत्वले कुनैपनि जिल्लाको निर्णय गर्दा जिल्लामा कुनै कार्यक्रम गर्दा, त्यस क्षेत्रमा कार्यक्रम गर्दा सांसदलाई थाहै नहुने, कार्यक्रम भइहाल्ने । मेरो जिल्लामा बाबुराम भट्टराई र तत्कालिन संघिय समाजवादि पार्टीको एकता घोषणा गर्ने कार्यक्रम थियो जिल्लाको त्यहाँ कार्यक्रम भयो, मेरो क्षेत्रमा भएको कार्यक्रम हो । मलाई मेरो नेतृत्वकर्ताले बोल्न पनि मौका दिएन् । म निर्वाचित सांसद, पार्टीको जिल्ला अध्यक्ष बोल्न पनि दिइएन् । धेरै सांसदहरुको त्यस्तै पिडा थियो । त्यो मात्रै होइन तपाईलाई याद होला कि म एक कार्यक्रमका लागि युरोप गएको थिए, म लगायत हामी दुई जना माननियहरु गएका थियौं । त्यो कार्यक्रममा गए सरिक भएको सहि हो हलमा छिरेको सहि हो तर हलमा छिरेपछि हामी १० मिनेटमै निस्केका छौं । त्यसपछि हामी घुमफिर गरेर नेपाल आयौं। पार्टी अध्यक्षलाई जानकारी गरायौं। विदेश विभाग प्रमुखलाई जानकारी गरायौं । कि हामी गएका थियौं झुकिएर यौं, सभामुख जीले बोलाउनुभयो मलाई विज्ञप्ति निकालिदिनुहोस एउटा केही फरक पर्दैन मान्छे झुक्किएर जान्छ । त्यसपछि एउटा सांसदलाई कारबाही भएन । तर पार्टीमा मलाई छ महिनाका लागि सस्पेन्ड गरियो र गरिएपनि पार्टीको म सिपाही दिए । पार्टीबाट निर्वाचित सांसद हुँ । पार्टी निर्माण गर्ने मध्येको म पनि एउटा हुँ । हामी जब भनिरहेका छौं कि हाम्रो कुनै गल्ति छैन् । मलाई सफाइको मौका पनि नदिने, एक्कासी निलम्बन गरिदिने र मिडियामा सार्वजनिक गरिदिने अनि इज्जतको धज्जि उडाइदिने, पार्टीको एउटा सिपाहीलाई । त्यो लगायत अरुपनि धेरै घटना क्रम छ ता कि पार्टीका व्यक्तिहरु सांसदहरु असन्तुष्ट हुन पुगे । म मात्रै एउटा पात्र होइन त्यसमा अरुपनि असन्तुष्ट हुनुहुन्छ ।

असन्तुष्टि भइरहदा अहिले चर्चामा आएजस्तो पार्टी भन्दा बाहिर अवसरहरु खोजिएको थियो ?

जव हामीमाथि प्रहार भयो नेतृत्व पङ्तीबाट । हामीले डा. बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठ लगायतका घरमै गयौं । हाम्रो पिडा सुनायौं कि हाम्रो यो कुरा उपेन्द्र जि लाई लगेर राखिदिनुहोस भन्यौ तर कसैको आँट भएन त्यस कारणले गर्दा हामी विद्रोहमा पुगेका हौं । सही कुरा यहि हो ।

पछिल्लो समय डा. सुरेन्द्र यादवको कुरा आइरहेको छ । अनि केही उहाँका कुराहरुले तपाईलाई पनि छोएको छ । उहाँ व्यक्तिगत रुपमा के हुनुहुन्छ भन्ने कुरा त मिडियामा आएको छ । त्यसमा कति कुरा सत्य छन कति असत्य छन् । अहिले वहाँ कहाँ के गर्दै हुनुहुन्छ ? हिजो सम्म सरकारले वहाँलाई लगेको भन्ने समाचारमा आएको छ । आज दुइदिन भयो वहाँ कहाँ हुनुहुन्छ थाहा छैन् । यसबारे केही जानकारी छ ?

डा. सुरेन्द्र यादव स्वास्थ्य राज्यमन्त्री हुनुहुन्थ्यो । त्यो बेला ओली जि को सरकारले वहाँलाई पदमुक्त गर्यो । त्यो बेला वहाँ अस्पतालमा भर्ना हुनुहुन्थ्यो । त्यसपछि उहाँलाई धेरै चोट पुग्यो । त्यसपछि हाम्रा अध्यक्ष जी दिल्ली हुनुहुन्थ्यो । दिल्लीबाट नेपाल आउनुभयो उहाँले फोन सम्म पनि गर्नुभएन् । यो कुरा सुरेन्द्र जीले हामीलाई बताउनुभएको थियो कि मलाई पदमुक्त गर्दा केही भन्नुभएन आफु गएर सपथ लिनुभयो । त्यहाँदेखि नै उहाँ असन्तुष्ट हुनुभयो र सबैभन्दा पहिला आफ्नो असन्तुष्टि हामीसँग राख्ने उहाँ नै हो । की मेरो बेइजेट भयो अपमान भयो पार्टीले केही बोलेन उल्टै अध्यक्षले सपथ लिनुभयो कानून मन्त्रिको लागि । वहाँले यी असन्तुष्टि जाहेर गर्दै आउनुभयो । र हाम्रो जुन असन्तुष्ट समुह बन्यो त्यसको मुख्य पात्र वहाँ नै हुनुहुन्छ । र लकडाउनको विचमै अध्यादेश जारी भयो र हामी सबै सांसद एकठाउँ जम्म भयौं र सल्लाह गर्यौ कसरी गर्ने, एकदुईजना साथीको कुरा थियो पार्टी फुटाउँ, हामी दुई चार जनाको कुरा थियो पार्टी नफुटाउँ । यसको निकास खोजौं । यो कुरा पनि थियो । डा. साब जिल्ला हुनुहुन्थ्यो । र जिल्ला हुँदा खेरी पूर्व आइजिपीले अपहरण गरेको कुरा आइरहेको छ यो कुरा सरासर हावादारी कुरा हो । साचो कुरा के हो भने उहाँको घरमा उहाँहरु जानुभएको थियो वहाँले बोलाएपछि, मासु भात खुवाउनुभयो । अनि म संग साधन छैन तपाईको साधनमा काठमाडौं जान्छु भनेर सँगै आउनुभएको हो । आफ्नो स्वार्थको मन्त्री पनि खोजेको हो । लिस्ट पनि मागेकै हो टिममा। हामीले त मन्त्रीपनि मानेनौं। खुशि मनले आएको हो । एकजना मात्रै पनि आउनुभएको छैन उहाँसँग तीन जना आउनुभएको थियो । वहाँको आफ्नो बडिगार्डसँगै, वहाँको एकजना नातेदार, र उहाँको प्रमुख सचेतक समेत आउनुभको छ । चारजना वहाँहरु र पूर्व आइजिपीसँगै तीनजना वहाँहरु आउनुभएको थियो । अव तीन जनाले चार जनालाई अपहरण गरेर ल्यायो । अव यो हावादारी कुरा हो की होइन् । यो मिडियामा आउनलाई देखाउनलाई अपहरण भयो भन्ने यो ठिक होइन सांसदको लागि । सांसद भनेको त गरिमाको पद हो । जनताको प्रतिनिधि हौं हामी । हामी हावादारी कुरा गर्ने होइन् । हामी जायज सत्य कुरा बोल्ने हो । त्यस कारण यो अपहरणको चर्चा छ यो कुनै कुरा नै भएको छैन् । दोस्रो कुरा कि डा. साब जिल्ला बाट यहाँ आउनुभयो काठमाडौं वहाँ फाइभस्टारमा सुत्नुभएछ । सबैलाई एकएकवटा रुम लिएर अनि बिहान मर्निङ वाल्कमा निस्कनुभएछ । राति जव थाहा भयो कि पार्टीको एकता भयो, जनता समाजवादी पार्टीको उदय भयो र हामीसँग कुरा गर्दा पनि अव पार्टी फुटाउन हामी जाँदैनौं अव मन्त्री पनि बन्दैन पार्टीबाट पनि गयो । पार्टीले के सोच्ने भयो यो त खराब छ । अनी पार्टीमा हिरो बन्नको लागि , नेताको अगाडि देखाउनको लागि मलाई अपहरणमा पारियो । विचरा नेताहरुलाई नै फसाइदिनुभयो । तर साँचो कुरा के हो भने उहाँले नेता जी हरुलाई पनि फसाउनुभएको छ र नेपालको जनतालाई पनि ढाँटनुभएको छ डा. सुरेन्द्र जी ले । किनकी यो अपहरण हुँदै होइन् ।

अहिले कहाँ हुनुहुन्छ कसको घरमा हुनुहुन्छ यो त मिडिया लाइभ गर्ने सबैलाई थाहा होला । म भन्दा बढी तपाईहरुलाई थाहा होला । त्यसैले तपाइहरुले पनि खोजिदिनु पर्याे ।

अव तपाईहरुको सम्बन्ध पार्टीमा के हुन्छ ? असन्तुष्टिहरु त अझै छन् ? त्यस्तै नयाँ पार्टीले दर्ताका लागि निवेदन पनि दिइसकेको छ । अव कसरी अगाडि बढनुहुन्छ ?

हामी पार्टीको सिपार्ही हौं। हामी पार्टी मै छौं । हामी असन्तुष्ट भएपछि पार्टीको नेतृत्वले हामीलाई सम्पर्क गर्नुभएको छ । उहाँहरु डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र यादवले सम्पर्क गर्नुभयो भने अर्कोतर्फ पनि राजेन्द्र महतो महेन्द्र यादव लगायतका नेताले हामीलाई सम्पर्क गर्नुभयो । उहाँहरुले देशलाई एउटा बलियो पार्टी दिउँ, जनताको सेवा गरौं, नयाँ पार्टी बनाउँ नयाँ तरिकाबाट जाउँ भन्ने उहाँहरुको कुरा आयो । हामी पनि सहकार्य गर्न तयार भयौं र हिजो एकचरणको छलफल भयो । तत्कालिन समाजवादि पार्टीका सबै नेताहरु र सांसदहरुको छलफल भयो । उहाँहरुले आफ्नो गल्ति स्वीकार गर्नुभयो र हामीले पनि स्वीकार ग¥यौ । हामीले चाहेको पनि सामुहिक नेतृत्व नै हो । त्यसपछि के सल्लाह भयो भने महन्त ठाकुर जी, राजेन्द्र महतो जी, सरदसिंह भण्डारी जी, महेन्द्र यादव जी, उपेन्द्र यादव जी, अशोक जी, बाबुराम जी, राजेन्द्र जी लगायत हामी सांसदहरु सामूहिक बस्छौँ । बसेर यसलाई एउटा निकास दिन्छौँ । हाम्रो आन्तरिक कुरा मिलिसकेको छ । जुन प्रकारको द्वन्द हिजो थियो आज छैन अब हामी मिलेर अगाडी बढ्छौँ ।

दुबै दलहरु मिलेर हाम्रो यो कुरा भयो भनेर जनतामा जान जरुरी छ । हामीले असन्तुष्टि पनि राखेकै थियोँ । पार्टी फुटाउन होइन सुधारका लागि संघर्ष गरेका थिायौँ । पार्टीमा सुधार होस । सामूहिक नेतृत्व होस कसैलाई काखापाखा नहोस भनेर हामीले संघर्ष गरेका हौँ । सांसदलाई बधुवा मजदुर कसैले नठानोस । हामी पनि जनताको प्रतिनिधि हौँ । हामी पनि पार्टीमा रहेर जनताको सेवा गर्न पाउनुपर्छ भनेर संघर्ष गरेका हौँउ । पार्टीको सिद्धान्त र विधान मानेर नै अगाडी बढ्नुछ । त्यही भएर नेतृत्वकर्ताले पनि हामीलाई समान रुपले हेरोस भनेर संघर्ष समिति बनाएका हौँ । पार्टीमा अलिकति मत मतान्तर सच्याउनका लागि समिति बनाएका थियौँ ।

कुनै बेलामा पार्टीमा तपाईको चरम असन्तुष्टि थियो । संसदमा बोल्ने कुरामा होस वा पार्टीबाट निष्कासित हुँदाको अवस्थामा अब यो पार्टीमा बस्नु अव उचित छैन भन्ने लागेको थियो ? कुनै मखमली सम्झना छ ?

गम्भिर कुरा गर्नुभयो । भावनात्मक प्रश्न छ । म पार्टीको निर्माणकर्ता मध्येको एक हुँ । मधेश आन्दोलनको कमाण्डर म थिए । आन्दोलन परिचालन समितिको संयोजक थिए । मेरो संयोजकत्वमा पर्साको आन्दोलन भएको छ । त्यहाँको नाका अवरोध देखि लिएर सबै कुरा मेरो नृतत्वमा भएको छ । त्यती मात्रै होइन स्थानीय निकायको चुनाव हुँदा मलाई इगो थियो पार्टीलाई राम्रो सफलता दिलाउँ भन्ने । र दिलाएपनि । पर्साका अधिकांश गाउँपालिकासँगै महानगर पनि कब्जा गरे । जिल्ला समन्वय समितिको सभपति पनि जितियो मेरो नेतृत्वमा । अहिले जुनसुकै स्थानीय प्रतिनिधिलाई सोध्नुहोस्, सबैले भन्छन् यसको जस प्रदिय यादवलाई जान्छ । उसको मेहनतलाई जान्छ । मैले त्यो मेहनत गरेको छु । त्यसपछि लगत्तै चुनाव भयो प्रतिनिधिसभा र प्रदेशसभाको त्यसमा पनि एक नम्बर पार्टी बनायौँ । कांग्रेस कम्युनिष्ट सबैलाई क्लिन स्वीप गर्ने हामी हो । पर्साका ४ वटै क्षेत्र हामीले कब्जा गर्यौ। प्रदेशको ८ मा ६ सिटमा जित भयो । स्थानीय निकाय, प्रदेश र संघको निर्वाचनमा मेरो नेतृत्वमा जीत हासिल भएको हो ।

तर केही दिन नवित्दै एउटा सानो मिस्टेकले म जस्तो पार्टीको सिपाहीलाई पानी पनि पिउने मौका नदिइ निलम्बन गरियो । त्यसले मलाई धरै सतायो । मलाई लाग्यो की म राजनीतिक कोममा गइसकेको थिए त्यो समयमा ।

जुन पार्टी मेरो आमा हो, मैले जसलाई आमा ठानेको छु । त्यो आमालाई किन लात हान्ने त । यो पार्टीमा मैले यति मेहनत गरेको छु । मलाई पार्टीलाई किन यस्तो सजाय दियो । मैले कुन पाप गरेको थिए भन्ने लागेको थियो । यो के थियो भने जुन पार्टीको नेतृत्वपंक्ति छ । त्यो केही गणेश प्रवृति गर्ने पात्रहरुद्वारा मलाई विना कारण दण्डित गर्यो ।

कुनैपनि नेताहरुको घर जाने स्वभाव मेरो छैन् । डा. बाबुराम भट्टराईको घर त्यो पीडामा एक पटक मात्रै गएको छ । असोक राई ज्यूको घर तीन पटक मात्र गएको छु । राजेन्द्र श्रेष्ठको घरमा एक पटक मात्रै गएको छु । पार्टी एकता भएको कति धेरै भयो । म कामप्रति विश्वास गर्छु । दिउँसो हेर्नुहुन्छ भने म संसदमा भेटिन्छु बेलुका निर्वाचन क्षेत्रमा गएर जनताका समस्या सुन्छु । जनतासँग हुन्छु । म कामप्रति विश्वास गर्छु । नेताहरुले रुचाएपनि नरुचाएपनि नेताको घरमा गएर विश्वास गर्ने मान्छे म होइन् । तर त्यसको फाइदा केही गणेश प्रवृतिका मान्छेहरुले लिए । म माथि गलत डिसिजन भयो । त्यती मात्रै हाइने नयाँ मान्छे आएपछि पुराना मान्छेलाई हेर्नै छोड्ने । मुखै मन पर्दैन नेतृत्वलाई त्यो प्रवृति थियो । फेरी २, ३ महिनामा नयाँ मान्छेपनि पुरानो भएपछि त्यो पनि मन पर्न छोड्ने । यो ठिक भएन नयाँ पुरानोलाई मिलाएर जानुपर्छ भन्ने मात्रै हो । यो तरिकाले कहिँ न कहिँ चोट लाग्छ नी ।

सारा पार्टी छाडेर गइसके । विजय गच्छदार पनि छोडेर गए । जयप्रकाश जी पनि छोडेर जानुभयो । सबै सखाप भएको थियो केही थिएन बाँकी त्यो बेला देखि हामीले एक एक कडि जोडेर ठूलो पार्टीको चेन बनायौँ र आज आज रिजल्ट पनि आयो । आज ठूलो नेताको पनि इज्जत छ, यति सांसद छ मेरो पार्टीमा भनेर ।

चुनाव प्रचारमा कोही नेता आएका छैनन् । सबै नेताहरु आफ्नो सिट बचाउन लागेको थियो । हामीले जितेको छ की हारेर बसेको छ के अवस्था भन्ने पनि कसैलाई मतलव थिएन् । हामीले कसरी जितेर आयौँ त्यो पीडा हामीलाई थाहा छ । राजपा र सांसदको एकता किन भयो आज । ठूलो पार्टी बनाउन न भयो । एउटा सन्देश दिनका लागि एकता भएको हो नी ।

अब ठूलो पार्टी भइसक्यो । यसले लोकतन्त्र बलियो बनाउन सहयोग पुग्छ । संघियता बलियो बनाउन पनि सहयोग पुग्छ । भोलीको दिनमा देशलाई झन पहाड मधेश मिलएर भोली राम्रो काम गर्यो भने फड्को पनि मार्न सक्छ । नेपाली जनताको मत जित्यो भने । काँग्रेस कम्युनिष्टलाई पछाडी पारेर एक नम्बर पार्टी बन्न सक्छ । काला गोरा निला सबै अनुहारका नेता हाम्रा छन् । सबै मिल्यो भने सबै जातजातीका छन् । सबै मिलेर गयो भने ठूलो पार्टी बन्न सक्छ ।

हामीलाई पनि माया छ । माया नभएको होइन् । पार्टीलाई आफ्नो आमा ठान्छौँ । पुलिसको डण्डा लात जुता खाएर योगदान गरेको मान्छेलाई सामान्य गल्तिले कारवाही गर्छ भने निश्चित रुपमा एक छिनका लागि पार्टीमा किन बस्ने भन्ने कुरा आएकै थियो । अध्यक्ष नै पछाडी परेपछि भोलीको भविष्य मेरो कहाँ त भनेर डुब्ने मान्छेले किनारा त खोज्छ । खोजेको अवश्य हो । सबै साथीहरुको सर सल्लाह आयो । पार्टीमा सुधार हुन्छ । तपाईहरुले गलत कदम नचालनुहोस् । तर्पाइहरु आफ्नो कदम सच्याएर पार्टीमा सुधारका लागि हामी कदम गर्छौँ भनेर ।

अब निकास आउँछ मजबुद हामी बनाउँछौँ । पार्टीलाई देशकै राम्रो पार्टी बनाउनलाई हामी प्रयास गर्छौ । सानो कार्यकर्तालाई पनि गालि गरेर होइन फकाएर काम लिनुपर्छ भनेर नेतृत्वलाई सल्लाह दिन चाहान्छु ।