२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यसचिव अर्याल भन्छन्ः जेन–जीको मागअनुसार बन्ने नागरिक सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार छ



अ+ अ-

काठमाडौँ । मुख्यसचिव एकनारायण अर्यालले अब बन्ने नागरिक सरकारसँग काम गर्न कर्मचारी प्रशासन तयार रहेको बताउनुभएको छ ।

शुक्रवार सिंहदरबारस्थित भौतिक पूर्वाधारहरुको निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यसचिव अर्यालले जेनजीको मागअनुसार गठन हुने सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार रहेको बताउनुभएको हो ।

अर्यालले मुलुकका अत्यावश्यक सेवाहरू अबाधित रूपमा सञ्चालन भइरहेको र सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको समेत बताउनु भयो । राहदानीदेखि वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण सेवा अनलाइनमार्फत शुरु भइसकेको उहाँको भनाइ छ । उहाँले सुरक्षाको जिम्मा नेपाली सेनाले सम्हालिरहेको र अहिले सुरक्षास्थिति सामान्यतर्फ उन्मुख रहेको पनि बताउनु भयो । उहाँले प्रशासनिक अभिलेखमा अकल्पनीय क्षति पुगेको उल्लेख गर्दै  पूर्वाधार र सवारीसाधनको क्षतिबारे प्राविधिक मूल्यांकन गरिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले हिजोदेखि राहदानीदेखि वैदेशिक रोजगारका सबै सेवाहरु अनलाइनबाट सुरु गरिसकेका छौं । अत्यावश्यक आवश्यक सेवाहरु  खानेपानी, विद्युत तथा टेलिफोनलगायत जनतालाई दिनुपर्ने सेवाहरुको लागि पनि हामीले तद्तद् निकायहरुलाई निर्देशन दिइसकेका छौं । हिजो र अस्ति मन्त्रालयका सचिवहरुसँग भर्चुअल माध्यमबाट छलफल गरेर सोहीअनुसार निर्देशन पनि भइसकेको छ । सुरक्षाको सम्बन्धमा नेपाली सेनाको नेतृत्वमा काम भइरहेको छ । र सुरक्षास्थिति सामान्यउन्मुख छ । अब जेनजी पुस्ताको मागहरुअनुसार सरकार बनोस् । नागरिक सरकारसँग काम गर्नको लागि ब्युरोक्रेसी तयार छ । सरकार आइसकेपछि मन्त्रालयमार्फत हुने सेवाका सम्बन्धमा आज निरिक्षणपछि छलफल पनि गर्यौं । कति क्षति भएको छ त्यसको आँकलन गरिसकेपछि क्षति कम भएको ठाउँबाट सेवा प्रवाह गर्ने कुराहरु भइरहेको छ । त्यहीअनुसार हामी काम अगाडि बढाउँछौं । सरकार सञ्चालनको विषयम आएको सबै हल्ला हो । सम्भवतः सिंहदरबारबाटै सरकार गठन हुन्छ त्यो अनुसारको व्यवस्थापन हामी गर्छौं । अभिलेखको क्षति कल्पना समेत गर्न सकिदैन । पूर्वाधार र सवारीको क्षतिबारे प्राविकि रुपमा आँकलन गर्छौं ।’

उहाँले नागरिकलाई अत्यावश्यक सेवा प्रवाह गर्नका लागि सम्बन्धित निकायहरुलाई निर्देशन दिइसकेको पनि बताउनु भयो ।