१० असार २०८३, बुधबार
,
Latest
चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटउपगुट अन्त्य भयोः शाह वीरगञ्ज महानगरद्वारा चार अर्ब ४२ करोडभन्दा बढीको बजेट सार्वजनिक रास्वपा महाधिवेशन प्रतिनिधिको आरोप–स्वर्णिम वाग्लेको अर्थ–राजनीतिक प्रश्ताव संघीय शासन प्रणालीमाथि आक्रमण गर्नेगरी आयो, पर्याप्त छलफल… रास्वापाको महाधिवेशन निर्वाचन तालिका संशोधन ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी आन्दोलनपछिको आगजनी र तोडफोडबाट खण्डहर भए कास्कीका सरकारी कार्यालय



अ+ अ-

पोखरा । जेनजी पुस्ताले गरेको आन्दोलनपछि भएको आगजनी र तोडफोडपछि पोखराका जिल्ला प्रशासन कार्यालयसहित सरकारी कार्यालयहरु खण्डहर भएका छन् ।

प्रदेश लोकसेवा कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, कारागार कार्यालय, कास्की जिल्ला अदालतको अवस्था दयनीय छ । सबै सरकारी कार्यालय भग्नावशेषमा परिणत भएका छन् ।

आगजनी कारण भएको क्षति मूल्यांकन समेत हुन सकेको छैन । उच्च अदालत पोखरासहितका सरकारी निकायहरु यतिबेला खरानी बनेका छन् । नेपाली सेनाले सुरक्षास्थित नियन्त्रणमा लिएसँगै आम नागरिकहरु आवतजावतका लागि बाहिर निस्किन थालेका छन् । अझै समाजमा त्रास कायम छ । सरकारी कार्यालयहरु जलेर नष्ट भएसँगै सेवा प्रवाहमा चुनौति थपिएको छ ।

साथै अन्तरिक सरकार गठन हुन ढिलाइ भएसँगै समस्या झनै बढिरहेको छ ।