२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक राजेश पायल राईले जेन–जीसँग मागे सञ्चार तथा पर्यटनमन्त्री



अ+ अ-

काठमाडौं । चर्चित एवम् लोकप्रिय गायक राजेश पायल राईले आफूलाई सञ्चार तथा पर्यटन मन्त्री बनाउन जेन–जीसँग माग गरेका छन् ।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई सञ्चार र पर्यटन मन्त्रालयको नेतृत्व दिने हो भने राम्रोसँग काम गर्न सक्ने बताएका छन् ।

पर्यटन र संगीतका विकास गर्न के चाहिन्छ भन्ने आफूलाई थाहा भएको दाबी पनि गरका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् –

#GEN_Z भाइहरु मलाइ सञ्चार र विदेश मन्त्रालय सम्हाल्न दिनुस प्रधानमन्त्री मागेको छैन किनकि म सन्चार र पर्यटन स्म्हाल्न सक्छु यदी म भन्दा धेरै विदेश कोही पुगेको प्रमान ल्याउ मेरो PASSPORT र तिम्रो Passport Check गरु यो मेरो दावा हो,मलाई थाहा छ पर्यटन र संगीतको बिकाश ! आँट गर्नै हो भने असम्भब कही छैन #genz #GenZVoices.