१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी नेता भन्छन् वातावरण गम्भिर भयो,सुरक्षा खतराको बहानामा जंगी अड्डाले प्रचण्डलाई बाहिर आउन दिएन



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा प्रतिनिधि सभा सदस्य माधव सापकोटाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जङ्गी अड्डाले निस्कन नदिएको जानकारी गराउनु भएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै सापकोटाले वातावरण गम्भिर भएको जनाउ दिदै देशको वास्तविकता विपरित परिस्थिति गम्भीर बनेको उल्लेख गर्नुभएको छ ।

उहाँले लेख्नु भएको छ-

वाताबरण गम्भिर भयो !

देशको वास्तविकता विपरित परिस्थिति गम्भीर बनेको हो । जंगी अड्डाले नेपालको वास्तविकतालाई र अग्रगमनलाई चुनौति दिई राष्ट्रिय सङ्कट निम्त्याउदै छ । अन्य पक्षको पछि नै कुरा गरौंला ।

जस्तो सुकै सङ्कटमा पनि हामी कोही विचलित नभइ नेपाली जनताको सार्वभौमिकताको रक्षाका लागि हामी निरन्तर लडिरहनेछौं । हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) र आम अग्रगमनका पक्षधर नेपाली दाजुभाई दिदीबहिनीहरुमा धैर्यता र साहस कायम रहिरहोस् । हरेक चुनौतिहरु पार गर्न सकिन्छ ।

नोट : हाम्रो पार्टीका अध्यक्ष कमरेड प्रचण्डलाई हामीले हरेक दिन बाहिर जनताको बीचमा ल्याउन कोशिस गर्यौं तर सुरक्षा खतराको बहानामा जंगी अड्डाले निस्कन नदिएको सत्य हो ।

जस्तो सुकै आधीबेहरीमा पनि नेपालको परिवर्तन र अग्रगमनका पक्षमा हामी तपाईहरुको साथमा अग्रभागमा उभिनेछौं ।

लाल सलाम !