१५ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग बाढी प्रभावित रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी बाढीपीडितको सहयोगार्थ एमाले केन्द्रिय कमिटीले ओलीलाई दियो १० लाखको चेक बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे रसुवा बाढी : सेनाका हेलिकप्टरबाट ३३० जनाको उद्धार एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित रसुवा जाने वैकल्पिक सडक निर्माणमा मुख्यमन्त्री थापा आफैँ फिल्डमा रसुवा बाढी : ४ हजार २०२ जना बेपत्ता, तथ्यांक अझै यकिन नभएको प्राधिकरणको भनाइ तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्साका बालसुधारगृहबाट भागेका ६७ बालबिज्याइकर्ता फरार



अ+ अ-

वीरगञ्ज । पर्साको बालसुधारगृह तोडफोड गरेर भागेका ६७ बालबिज्याइकर्ता किशोर अझैसम्म पनि फरार रहेका छन् ।

गत मङ्गलबार रातको समयमा बालसुधारगृह तोडफोड गरेर भागेका उनीहरु अझैसम्म पनि पक्राउ परेका छैनन् । बालसुधारगृहका कार्यालय प्रमुख टीकाकृष्ण काफ्लेले बालसुधारगृहबाट भागेका ३३ जनालाई पर्सा प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको जानकारी दिनुभयो ।

“गत मङ्गलबार राति बालसुधारगृहबाट भागेका ६७ जना अहिलेसम्म पनि सम्पर्कमा आएका छैनन्”, उहाँले भन्नुभयो, “फरार भएका बालसुधारगृहका बालबिज्याइकर्ताका अभिभावकलाई सम्पर्क गरेर तुरुन्तै सुधारगृहमा ल्याउनका लागि अनुरोध गरेका छौँ, उनीहरु नआएको खण्डमा अर्को मुद्दा चल्नेछ ।”

बालसुधारगृहमा १४२ जना बालबिज्याइकर्ता रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रले बालसुधारगृहबाट भागेका किशोरहरुको खोजी कार्य तीव्र पारिएको जानकारी दिनुभयो । “बालसुधारगृहबाट भागेकाहरुको खोजी कार्य तीव्र बनाइरहेका छौँ”, उहाँले भन्नुभयो, “केन्द्रीय कारागार तथा भीमफेदीको कारागारबाट फरार भएका छ जना कैदीलाई पक्राउ गर्न सफल भएका छौँ, फरार भएका बालबिज्याइकर्ताको खोजी कार्य तीव्र पारिरहेका छौँ ।”

बुधबार वीरगञ्ज कारागारमा रहेका कैदीहरु भाग्न खोज्दा तीनवटै सुरक्षा निकायले अधिकतम सावधानी अपनाउँदा कैदी तथा थुनुवा भाग्नबाट रोकिएका छन् । पछिल्लो समय यहाँको कारागारको सुरक्षा व्यवस्थापन नेपाली सेनाले लिएको छ ।