२५ मंसिर २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशलाई संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको छ: राष्ट्रपति



फाईल फोटो ।
अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको वर्तमान विषम परिस्थितिमा सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै शान्ति र सुव्यवस्था कायम गर्न सहयोगको लागि अपिल गर्नुभएको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै उहाँले देशलाई संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको जानकारी दिनुभएको हो ।

जारी विज्ञप्ति मा भनिएको छ, ‘देशको अहिलेको बिषम परिस्तिथिमा मुलुकलाई संबैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु । आन्दोलनकारी नागरिकहरुको माग सम्बोधन गर्न छिटो भन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गर्दछु ।’