२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जंगीअड्डा अगाडि सुशीला कार्कीलाई सरकार प्रमुख बनाउन नहुने भन्दै विरोध



अ+ अ-

काठमाडौं । नेपाली सेनाको मुख्यालय जंगीअड्डा अगाडि अन्तरिम सरकारको प्रमुख पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउन नहुने भन्दै केही युवाहरु विरोधमा उत्रिएका छन् ।

जेनजी आन्दोलनको माग कार्कीलाई सरकार प्रमुख बनाउनका लागि नभएको भन्दै ती युवाहरुले विरोध जनाएका हुन् ।

उनीहरुले धरानका मेयर हर्क साम्पाङ या कोहि युवा अन्तरिम सरकारको प्रमुख हुनुपर्ने माग गरेका छन् ।

सेनाले उनीहरुलाई त्यहाँबाट हटाउने प्रयास गरिरहेको छ ।