१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

बिना सूचना गाउँ फर्काइदिएपछि स्थानीय तह असन्तुष्ट

बिना सूचना गाउँ फर्काइदिएपछि स्थानीय तह असन्तुष्ट
अ अ+ अ-

बागलुङ । जिल्ला बाहिर रहेका धमाधम गाउँ फर्किन थालेपछि यहाँका स्थानीय तह असन्तुष्ट छन् । आफूहरुसँग सल्लाह नै नगरी काठमाडौँ पोखरालगायतका शहरमा बस्ने गाउँ भित्र्याइएको भन्दै उनीहरु असन्तुष्ट बनेका हुन् । ‘हामी पहिलो चरणमा लकडाउनको कार्यान्वयन गराएर अब ढुक्क छौँ भन्ने अवस्थामा थियौँ, तर एकाएक मान्छे बाहिरबाट आएका छन’, गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले भने, ‘लकडाउनको उल्लंघन गरेर मान्छे पठाएको पटक्कै चित्त बुझेको छैन् ।’ उनले आफ्ना नागरिकलाई गाउँ आउन नपाउने भन्न नमिल्ने भन्दै आएकालाई सुरक्षित कसरी राख्ने भन्ने समस्या रहेको बताए ।

‘काठमाडौँबाट मान्छे हिँडेपछि समन्वय गर्न भन्दै फोन आयो, कसरी व्यवस्थापन गर्न सकिन्छ’, गैरेले भने, ‘क्वारेन्टाइनमा राख्नु भन्ने छ, हामीसँग १८ वटा क्वारेन्टाइन श्यया छन् तर मान्छे सयौँ ।’ जो जहाँ छन् त्यही रहेर सावधानी अपनाउनुपर्नेमा हुलका हुल मान्छे गाउँ भित्रिएको उनले गुनासो गरे । जैमिनी नगरपालिकाले पनि देशका ठूला शहरबाट आएका नागरिकका कारण कोरोना संक्रमण रोक्न थप चुनौती खडा भएको जनाएको छ । जैमिनीका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘रोगको गाम्भीर्यतालाई ख्याल नगरेर मानिसको ओसारपसार गरिरहेका स्वघोषित समाजसेवीका कारणबाट गाउँमा जोखिमको मात्रा ह्वात्तै बढ्यो, झनै सचेत बनौँ, बाहिरबाट भित्रिएकाले अनुशासनको पालना गरौंँ ।’

ठूला शहरबाट लकडाउनकै अवधिमा उद्धारका नाममा घर पठाउने काममा प्रदेशसभा सदस्यलाई समेत चित्त बुझेको छैन । ‘संकटमा परेका मजदूरको उद्धार गरेर गन्तव्यमा र्पुयाउनु ठिकै हो तर एक महिना काठमाडौँमा बस्न निस्सायौँ भनेर गाउँ फर्कनु र फर्काइँनु गलत हो’, गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले भने, ‘देशभित्रै भएका नागरिकले त सहयोग गर्नुपर्ने बेला हो यो ।’ उनले लकडाउन र संक्रमणको त्रासलाई चुनौती दिने काम भइरहेको टिप्पणी गरे ।

कोरोना संक्रमणको त्रासले लकडाउनपछि सुनसान बागलुङ–पोखरा राजमार्ग शुक्रबार बिहान एकाएक भरिभराउ जस्तै देखियो । खचाखच मान्छे बोकेका सवारीसाधन बिहान ४ः०० बजेदेखि ७ः०० बजेसम्म यो सडकमा ताँती नै देखिने गरी गुडिरहे । बाग्लुङ र पर्वतको सिमाना मालढुङ्गास्थित प्रहरी चेकपोष्टमा गरिएको सवारी दर्ताअनुसार, यो बीचमा यात्रु बोकेका दर्जनौँ सवारी जिल्ला भित्रिएका छन् । सवारीमध्ये अधिकांश ठूला बस छन् । बसबाहेक अत्यावश्यक काम देखाएर जिल्ला भित्रिने र बाहिरिनेको साना सवारीको सख्या धेरै छ ।

प्रहरी पोष्टका अनुसार, शुक्रबार मात्रै यात्रुले भरिएका १८ ठूला बस मालढुंगा चेक पोष्टबाट भित्रिए । साना सवारीको सख्या त्योभन्दा बढी रहेको प्रहरी सहायक निरीक्षक रामबाबु शाह बताउछन् । काठमाडौं मात्रै होइन पोखरा, नारायणगढ, गैँडाकोटलगायतका ठाउँबाट पनि जिल्लावासी घर फर्केका शाहले बताए । उनका अनुसार एक हजारभन्दा बढी सर्वसाधारण जिल्ला प्रवेश गरेका छन् ।

‘हरेक बसमा ६० भन्दा धेरै आएका छन’, शाह भन्छन् । जिल्ला प्रवेश गरेकामध्ये मजदूर, विद्यार्थी र पेशा व्यवसायका लागेका छन् । काठमाडौँबाट जिल्लाको गलकोट, जैमिनी, ढोरपाटन र बागलुङ नगरपालिकाका धेरै नागरिक जिल्ला प्रवेश गरेका मालढुंगा प्रहरी पोष्टले जनाएको छ । त्योबाहेक काठेखोला, बरेङ र ताराखोला गाउँपालिकाका पनि धेरै प्रवेश गरेका छन् । सौर्य दैनिक