१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

कारागारले मलाई जबरजस्ती निकालेको हो: रवि लामिछाने

कारागारले मलाई जबरजस्ती निकालेको हो: रवि लामिछाने
अ अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछानेले कारागार प्रशासनले सुरक्षा दिन नसकेर जबरजस्ति बाहिर निकालेको जनाउनु भएको छ । कारागारबाट निस्किएको विषयमा थप प्रष्टीकरण दिदै लामिछानेले एक भिडियो सन्देश सार्वजनिक सार्वजनिक गर्नुभएको छ ।

लामिछानेले भन्नुभएको छ कारागारबाट मैले निस्कन चाहेको होइन।बाहिर भिड बढेपछि कारागारले मलाई जबरजस्ती निकालेको हो। मैले बिना पत्र जान्न भनेको हु । उनीहरूले जस्तो पत्र दिए जस्ताको त्यस्तै सार्वजनिक गरिसके।

साथै आफूले आजै नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग आफूलाई कस्टडीमा राख्न वा कारागारमा राख्न भन्दै कुरा गरेर फेरि थुन्न आग्रह गरेको समेत बताए । तर दुबै जनाले सुरक्षित बस्न र परेकाबेला सम्पर्क गर्ने बताएको लामिछानेले जनाउनु भएको छ ।

उहाँले भन्नुभएको छ -आजै मैले नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखज्यूहरूलाई भने मलाई तपाईँहरूले आफ्नो कस्टडीमा राख्नुहोस्, नियन्त्रणमा लिनुहोस् ,कारागारमा पठाउनुहोस्। उहाँहरुले स्पष्ट रुपमा भन्नुभयो तपाईं आफै सुरक्षित बस्नुस्, आवश्यक परे सम्पर्क गर्छौं। सुरक्षा दिन नसकेरै हिजो कारागारले तपाईँलाई पत्र दिएको होला ।

लामिछानले आजै न्यायिक निकायहरुमा पनि औपचारिक जानकारी गराएको बताएका छन् । यस्तै उनले सरकार बनाउने दौडमा आफू नभएको उल्लेख रेशमा नआओस् भन्ने उदेश्यले डिफेम नगर्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभएको छ – म सरकार बनाउने,सरकारमा जाने,कुनै पनि दौडमा छैन,कसैसँग कतै कुनै बैठक गरेको छैन। मेरो नाममा कसैले विवाद गर्न जरुरी छैन।म यो रेशमामा छैन भनेर धेरैपटक भनिसके । रेशमा नआओस् भनेर डिफेम गर्न पर्दैन,म रेसमा छैन। तर यो देश रहनुपर्छ,लोकतन्त्र ,नागरिक सर्वोच्चता रहनुपर्छ। यो कुरामा म कसैसँग नडराई दरोसँग उभिने ताकत बाचुन्जेल राख्नेछु।

उहाँले भन्नुभएको छ ‘आन्दोलन जेन्जीको भएको उल्लेख गर्दै अबको नेतृत्व पनि जेन्जीले नै तय गर्नुपर्ने बताएका छन् । उनले भनेका छन्, ुयो आन्दोलन जेन्जीको हो र अबको नेतृत्व जेन्जी ले नै तय गरोस्।’

लामिछानेले आफूँ ओली देउवाको कुशासनबाट शिकार भएको, आफू बाँच्न पाउने कि नपाउने भन्दै प्रश्न गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ-म आफ्नो मुद्दा कानुनी माध्यमबाट नै लडिरहेको छु। ओली देउबाको कुशासनको सबैभन्दा ठूलो शिकार भएको म तिनले लगाएको झुटो मुद्दा जिल्लै पिच्छे खेपिरहेको छु। जनताले ओली देउवालाई खेदेर लखेटे तर तिनले लगाएको झुटो मुद्दा मेरो टाउकोबाट अझै हटेको छैन। सरकार छैन, सुरक्षा निकाय सुरक्षा दिन सक्दिन आफै सुरक्षित हुनु भन्छ, कारागार प्रशासन मलाई निस्केर बाटोमा जा भन्छ,जहाँ एउटा ठूलो भिड हातमा आगो लिएर आक्रोश लिएर निस्किएको छ।अब भन्नुस् मैले बाँच्न पाउने कि नपाउनेरु कांग्रेस एमालेबाट जेन्जीसम्म आइपुग्दा पनि ममाथिको अन्याय नरोकिने नै हो ?