३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुटिएका थप हतियार बरामद



अ+ अ-

काठमाडौँ। नेपाली सेनाले महाराजगञ्ज इलाकाबाट लुटपाट गर्ने चार जना व्यक्तिसहित सात नाल हतियार र उक्त हतियारका म्यागजिन, राउण्ड, ब्युनेटलगायत एसेसरिज तथा व्यक्तिगत सामग्रीहरू बरामद गरेको ।

साथै, विशेष सूचनाका आधारमा बालाजु माछापोखरी इलाकाबाट थप १ (एक) नाल हतियार बरामद गरिएको सेनाले विज्ञप्तिमार्फत जनाएको छ । हालसम्म ७३ नाल हतियार बरामद भएको छ ।

यसैगरी, काभ्रेस्थित धुलिखेल जिल्ला कारागारमा कैदीबन्दीको नेपाल प्रहरीसँग झडप भएकामा हाल स्थिति नियन्त्रणमा आएको छ ।

त्यसैगरी, डिल्लीबजार कारागारमा लागेको आगो नेपालीसेना तथा अन्य निकायको प्रयासमा नियन्त्रणमा आएको सेनाले जनाएको छ । सुरक्षा फौजले विभिन्न जिल्लामा कारागारबाट फरार कैदीबन्दीमध्ये सप्तरीमा चार, सुनसरीमा २०२, रुकुम (पश्चिम)मा ४३, कपिलवस्तुमा ५० र म्याग्दीमा चार जनालाई पक्राउ गरेको छ । रासस