४ असार २०८३, बिहीबार
,
Latest
मनसुन विपद्का लागि सरकारको उच्च सतर्कता, हेलिकप्टरसहित सबै स्रोत परिचालन हुने आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला रास्वपा महाधिवेशनका प्रतिनिधि टुंग्याउने तयारी तीव्र, नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु कानुन निर्माणको प्राथमिकताबारे श्रममन्त्री यादवसँग मन्त्री गौतमको छलफल सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट विद्युत् परियोजनामा पारदर्शिता बढाउन सूचनापाटी राख्न ऊर्जा मन्त्रीको सुझाव निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे अधिकार सम्पन्न यातायात प्राधिकरण गठन नभएसम्म सुधार सम्भव छैन ई–पासपोर्ट खरिद प्रकरण: अनुसन्धानको लागि पूर्व परराष्ट्रमन्त्री आरजुलाई पत्र संसदमा शिक्षामन्त्री सस्मित: के के छन् सरकारका प्राथमिकता ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुटिएका थप हतियार बरामद



अ+ अ-

काठमाडौँ। नेपाली सेनाले महाराजगञ्ज इलाकाबाट लुटपाट गर्ने चार जना व्यक्तिसहित सात नाल हतियार र उक्त हतियारका म्यागजिन, राउण्ड, ब्युनेटलगायत एसेसरिज तथा व्यक्तिगत सामग्रीहरू बरामद गरेको ।

साथै, विशेष सूचनाका आधारमा बालाजु माछापोखरी इलाकाबाट थप १ (एक) नाल हतियार बरामद गरिएको सेनाले विज्ञप्तिमार्फत जनाएको छ । हालसम्म ७३ नाल हतियार बरामद भएको छ ।

यसैगरी, काभ्रेस्थित धुलिखेल जिल्ला कारागारमा कैदीबन्दीको नेपाल प्रहरीसँग झडप भएकामा हाल स्थिति नियन्त्रणमा आएको छ ।

त्यसैगरी, डिल्लीबजार कारागारमा लागेको आगो नेपालीसेना तथा अन्य निकायको प्रयासमा नियन्त्रणमा आएको सेनाले जनाएको छ । सुरक्षा फौजले विभिन्न जिल्लामा कारागारबाट फरार कैदीबन्दीमध्ये सप्तरीमा चार, सुनसरीमा २०२, रुकुम (पश्चिम)मा ४३, कपिलवस्तुमा ५० र म्याग्दीमा चार जनालाई पक्राउ गरेको छ । रासस