१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा News Polar संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा News Polar सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने News Polar देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने News Polar कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक पुँजी हो : रवि लामिछाने News Polar रवि लामिछानेको व्यंग्य– ‘निष्ठा मात्रै पुँजी मानिएको भए म पनि कांग्रेस हुन्थेँ’ News Polar प्रचण्डको चेतावनी : देश, लोकतन्त्र र संविधान गम्भीर अप्ठेरोमा छ News Polar गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ? News Polar दशौं राष्ट्रिय खेलकुद सर्दैन, ढुक्क हुनुस् : मन्त्री पोखरेल News Polar कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको हो : राई

बैठक छल्न खोज्दै ओली

बैठक छल्न खोज्दै ओली
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । विवादित अध्यादेशका कारण अप्ठ्यारोमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी स्थायी कमिटी बैठक रोक्न खोजेका छन् । स्थायी कमिटी बैठक बसेमा आफूविरुद्ध माहोल खडा हुने र राजीनामा दिनुपर्ने मागसमेत उठ्ने जानकारी नेताहरूले नै दिएपछि ओलीले ‘बैठक नै नबसौं’ भन्ने आग्रह शीर्ष नेताहरूसँग राखेका हुन् । केही नेताले लिखित नै माग गरेपछि अध्यक्ष पुष्पकमल दाहाललगायत सचिवालयका बहुमत नेताले स्थायी कमिटी बैठक बोलाउने तयारी गरेका छन् । त्यसलाई रोक्ने प्रयासस्वरूप प्रधानमन्त्री ओलीले शनिबार दिनभर पार्टी सचिवालयका र आफूनिकट नेताहरूसँग छलफल गरे ।

उनले शनिबार अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेललाई छुट्टाछुट्टै भेटेर बैठकको आवश्यकता नरहेको भन्दै ‘कन्भिन्स’ गर्न खोजे । पार्टी नेताहरूको भावनाअनुसार अध्यादेश फिर्ता लिइसकेको अवस्थामा तत्काल बैठक आवश्यक नरहेको भन्दै ओलीले अन्य नेतालाई निर्णयमा पुनर्विचार गर्न आग्रह गरे । तर विधानअनुसार बैठक बोलाउने समय भएको र २० जना नेताले लिखित रूपमै माग गरिसकेको अवस्थामा टार्न नसकिने जवाफ नेताहरूले ओलीलाई दिएका छन् । स्थायी कमिटी बैठक बसेमा ओलीविरुद्धका बहुमतभन्दा बढी सदस्यले राजीनामा नै माग्ने तयारी गरेका छन् । बैठक बसे आफूविरुद्धको मोर्चाबन्दी झन् कसिलो हुने ओली पक्षको बुझाइ छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले नेताहरूसँग छलफलमा ‘यतिबेला बैठकको औचित्य के हो रु’ भन्ने प्रश्न गरेका थिए । तर अध्यक्ष दाहाल र नेपालले तल्लो कमिटीबाट लिखित पत्र नै आइसकेकाले बैठक बस्नैपर्ने जवाफ दिएका थिए । नेताहरूबाट दबाब आएकाले बैठकको मिति तोक्न दाहालले प्रधानमन्त्रीसँग प्रस्ताव गरेका थिए ।

नेकपाको विधानमा एक तिहाइ सदस्यले बैठक आह्वान गर्न माग गरेपछि बोलाउनुपर्ने प्रावधान छ । ‘प्रधानमन्त्रीज्यूले बैठक डाक्न आलटाल गरिरहनुभएको छ भन्ने हामीले सुनेका छौं, बैठक डाकिएन भने फेरि विधानविपरीतको अर्को काम हुनेछ,’ सचिवालय सदस्य झलनाथ खनालले भने, ‘यसैले दुई–तीन दिनभित्र स्थायी कमिटी बैठक बोलाउनै पर्छ ।’ प्रधानमन्त्री ओलीले शनिबार दिउँसो सबैभन्दा पहिले महासचिव पौडेलसँग भेटेका थिए । त्यसपछि उनले उपाध्यक्ष गौतमलाई बालुवाटार बोलाएर छलफल गरे । स्रोतका अनुसार गौतमले ओलीलाई दुई दिनअघिको भैंसेपाटी बैठकको निष्कर्ष सुनाए । भैंसेपाटी बैठकले ‘ओलीले अब काम गर्न सक्दैनन्,’ भन्ने निष्कर्ष निकालेको थियो । त्यही निष्कर्ष सुनाउँदै छलफलमा गौतमले ओलीलाई ‘अब तपार्इं सक्नु हुन्न, आराम गर्नुहोस्’ भनेका थिए । पछिल्लो समय ओलीसँग चिढिएका गौतमले राजीनामा दिनुपर्छ भन्ने आशयको कुरा गरेपछि ओली आक्रोशित भएका थिए । लगत्तै ओलीले नेपाल र त्यसपछि दाहालसँग छुट्टाछुट्टै कुराकानी गरे ।

गौतमले राजीनामा दिनुपर्ने आशयको कुरा गरेर हिँडेपछि ओलीलाई आउँदो स्थायी कमिटी बैठकमा के कुरा उठाउने तयारी भइरहेको छ भन्ने झन् प्रस्ट भएको थियो । त्यसैले उनले नेपाल र दाहाललाई बैठकको औचित्यता अहिले नरहेको भन्दै नबोलाउन दबाब दिए । तर बैठक नबोलाउन नसकिने जवाफ दाहाल र नेपालले दिएपछि ओली उनीहरूसँग पनि चिढिए । गत सोमबार प्रधानमन्त्री ओलीले दुई अध्यादेश ल्याएपछि पार्टीभित्र र बाहिर चर्को विरोध भयो । विरोध र विवादका कारण उनले शुक्रबार अध्यादेश फिर्ता लिएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गर्ने निर्णय पनि गरिसकेकी छन् । अध्यादेशकै कारण सुरु विवाद अध्यादेश फिर्ता भएपछि सल्टिनुपर्ने तर्क ओलीको छ । ‘अध्यादेशको च्याप्टरै सकिएपछि स्थायी कमिटी बैठक बोलाउनुको औचित्य के र रु’ उपाध्यक्ष गौतमसँगको भेटमा ओलीले राखेको प्रस्ताव उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो, ‘अरू इस्युमा सहकार्य र समझदारी गरेर अघि बढौं न ।’ (कान्तिपुरमा समाचार छ ।)