३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन-जी आन्दोलनमा घाईते भएका ३५ जनाको निजामति कर्मचारी अस्पतालमा शल्यक्रिया



अ+ अ-

काठमाडौँ । बानेश्वरस्थित निजामति कर्मचारी अस्पतालमा जेन जी आन्दोलनमा क्रममा घाईते भएका ३५ जनाको शल्यक्रिया गरिएको छ ।

अस्पतालका प्रशासकिय अधिकृत रञ्जना नेपालका अनुसार अस्पतालमा आएका ४ सय ३६ जनामध्ये ४८ जनको भर्ना गरिएको थियो । सोमध्ये ३५ जनाको शल्यक्रिया गरिएको हो ।

उहाँकाअनुसार उपचारको लागी ४४ जनालाई अन्य अस्पचालमा रिफर गरिएको छ । सामान्य उपचारपछि ३ सय ४४ जनालाई डिस्चार्ज गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार उपचारका क्रममा ६ जनाको मृत्यु भएको छ । सोमवार ३ जना र मंगलवार ३ जना गरि ६ जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । मृत्यु हुनेहरुको शव पोष्ट मार्टमको लागी टिचिङ अस्पताल महाराजगञ्ज पठाएको उहाँले बताउनु भयो । हाल अस्पतालमा बिरामी उपचार गर्न आवश्यक जनशक्ति र व्लड पर्याप्त रहेका पनि उहाँले जानकारी दिनुभयो ।

उहाँले जेनजी आन्दोलनका क्रममा मंगलबार अस्पतालभित्र समेत असुरग्यासहरु प्रहार गरिएको जानकारी दिनुभयो । अश्रुग्यास प्रहारसंगै अस्पताल भित्र पसेर सुरक्षाकर्मीहरुले लाठी चार्ज गरेको उहाँले बताउनुभयो । लाठी चार्जबाट एक जना चिकित्सक घाईते भएको उहाँको भनाई छ । आन्दोलनकारीहरुलाई अस्पतालभित्र छिर्न दिएको आरोपमा लाठी चार्ज भएको उहाँले बताउनु भयो ।