काठमाडौँ । मंगलबारदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ ।
विमानस्थल सुरक्षा समितिको बैठकले बन्द गरिएको विमानस्थल पुनः सुचारु गर्ने निर्णय गरेको हो । बुधबार दिउँसो साढे तीन बजेदेखि विमानस्थल सञ्चालनमा आएको नेपाल उड्डयन नागरिक प्राधिकरणले जनाएको छ ।
विमानस्थल सञ्चालनमा आएपछि काठमाडौँ विमानस्थल प्रशासनले यात्रुहरूलाई आफ्ना टिकट किनेका एजेन्सी वा सम्बन्धित वायुसेवासँग सम्पर्क गरेर मात्रै विमानस्थलमा आउन आग्रह पनि गरेको छ ।










