१५ भाद्र २०८३, सोमबार
,
Latest
बाढीपहिरोमा ज्यान गुमाएकाको पशुपतिमा निःशुल्क दाहसंस्कार र कृयापुत्री सेवा सुनौलीमा शान्तिदीप बाल्दै भारतीय पत्रकारले भने ‘नेपालको दुःख हाम्रो पनि दुःख हो’ भोटेकोशी बाढीः १० हजार ४५१ को उद्धार नेपाली सेनाद्वार माथिल्लो त्रिशूली–३ ‘बी’ मा खोज तथा उद्धार तीव्र हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल हिमालयन बैंकद्वारा रसुवा बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड १ लाख सहयोग भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३३ घाइते डिस्चार्ज शान्ति उद्यानले खोल्दैछ मनोरञ्जनसँगै आम्दानीको ढोका भोटेकोशी बाढीः उद्योग वाणिज्य सङ्घ कञ्चनपुरका अध्यक्ष मल्लद्वारा पाँच लाख सहयोग रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

धुलिखेल कारागारको आगलागी दुई घण्टापछि नियन्त्रण



अ+ अ-

काभ्रेपलाञ्चोक । धुलिखेलस्थित जिल्ला कारगारमा लगाइएको आगो दुई घण्टापछि नियन्त्रणमा लिइएको छ । कारागारकै कैदीबन्दीले मध्याह्न १२ः०० बजे लगाएको आगो २ः०० बजे नियन्त्रणमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दमकल प्रयोग गरेर कारगारमा भएको आगजनी नियन्त्रणमा लिएको कार्यालय प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिनुभयो । कारागारमा आगजनी गरेपछि बाहिर ठूलो सङ्ख्यामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो ।

आगजनीको नेतृत्व गर्ने सागर मैनालीलगायत चार जनालाई कारागारभित्र असुरक्षित भएपछि बाहिर निकालिएको शाहले बताउनुभयो । उहाँका अनुसार हाल कारागाारमा रहेका दुई सय ८३ कैदीबन्दी सुरक्षित रहेका छन् । कारागार परिसरमा सेनासहितको सुरक्षा व्यवस्था कडा गरिएको जनाइएको छ ।

कारागारभित्र नाराजुलुस गर्दै कैदीबन्दीले बाहिर निस्कन पाउनुपर्ने माग राख्दै तोडफोड गरी आगलागी गरेको कारागार सुरक्षार्थ तैनाथ प्रहरीले बताएको छ । सोही क्रममा उनीहरुले आगजनी गरेको सुरक्षाकर्मीको भनाइ रहेको छ ।