१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

गैरराजनीतिक व्यक्तिको नेतृत्वमा अन्तरिम सरकार गठन गर्न नेपाल कानुन समाजको सुझाव

गैरराजनीतिक व्यक्तिको नेतृत्वमा अन्तरिम सरकार गठन गर्न नेपाल कानुन समाजको सुझाव
अ अ+ अ-

काठमाडौं । नेपाल कानुन समाजले गैरराजनीतिक व्यक्तिको नेतृत्वमा अन्तरिम सरकार गठन गरी कानुनी शासनको सहज वातावरण सिर्जना गर्न अपील गरेको छ ।

समाजले आज विज्ञप्ति जारी गर्दै प्रदर्शनकारी तथा सुरक्षा निकायलाई संयमता अपनाउन र शान्ति कायम गर्न अपिल गरेको छ ।

त्यसैगरी भदौ २३ गते जेन–जी पुस्ताको अगुवाईमा नाताबाद–कृपाबाद, कुशासन भ्रष्टचार तथा सामाजिक सञ्जाल माथिको प्रतिवन्ध बिरुद्ध आयोजना गरिएको शान्तिपूर्ण प्रदर्शनमा अन्धाधुन्ध गोली लागि कम्तिमा १९ जना प्रदर्शनकारीको मृत्यु र चार सयभन्दा बढी घाइते भएकोप्रति समाजले दु:ख व्यक्त गरेको छ ।

यो घटनामा प्रतिक्रियास्वरुप भदौ २४ गतेको प्रदर्शनबाट उपत्यकाका भित्रका सिंहदरवार, संसद भवन, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, न्यायलय लगायत अन्य महत्वपूर्ण स्थलहरु र काठमाडौं बाहिर भएका व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमाथि आगजनी, तोडफोड, लुटपाट तथा योजनाबद्ध ढंगबाट व्यक्ति, नेता तथा तिनका परिवारमाथि सांघातिक आक्रमणमा समेत समाजले दु:ख व्यक्त गरेको छ ।

समाजले मुलुकमा शान्ति कायम राख्ने हामी सबै नागरिकको कर्तब्य भएको भन्दै यसको पहल बदलाको भावनाले नभई रचनात्मक राजनीतिक संवाद तथा सम्भावनाबाट मात्र खोज्न सकिनेमा समाजले विश्वास व्यक्त गरेको छ ।

समाजले जारी गरेको विज्ञप्ति 

जेन–जी पुस्ताको अगुवाईमा नाताबाद–कृपाबाद, कुशासन भ्रष्टचार तथा सामाजिक सञ्जाल माथिको प्रतिवन्ध बिरुद्ध आयोजना गरिएको शान्तिपूर्ण प्रदर्शनमा अन्धाधुन्ध गोली लागी कम्तीमा १९ प्रदर्शनकारीको दुखद मृत्यु र चारसय भन्दा बढी घाईते भएको समाचारप्रति नेपाल कानून समाज गहिरो दु:ख व्यक्त गर्दै मृतात्माको चीर शान्तिको कामनासहित शोकाकुल परिवाप्रति हार्दिक सम्वेदना व्यक्त गर्दछौं ।

प्रहरी प्रशासनले शान्तिपूर्ण प्रदर्शनकारी माथि सुरक्षाका न्यूनतम मापदण्ड समेतको पालना नगरी अन्धाधुन्ध घातक गोली प्रहार गर्नु अनुचित मात्र होईन गैरजिम्मेवारीपना पनि हो । संयुक्त राष्ट्रसंघको कानुन कार्यन्वयन निकायको वल तथा हतियार प्रयोगका आधारभुत सिद्धान्त, स्थानीय प्रशासन ऐन तथा नेपाल प्रहरीको निर्देशिका समेतको विरुद्ध संविधानप्रदत्त मौलिक हक प्रयोग गर्न गएका प्रदर्शनकारीहरुको मृत्यु समेत भएको घट्नाले नागरिकको बाच्न पाउने अधिकार समेत हनन् हुनेगरी भएको ज्यादती तथा अमानवीय कार्यको हामी घोर निन्दा गर्दछौं ।

मुलुकका विभिन्न ठाउँमा प्रदर्शनकारीमाथि भएका दमन तथा हत्याको विश्वसनीय र निष्पक्ष न्यायिक छानविन आयोग गठन गरी दोषीहरुमाथि कडा कारवाही गरी दण्डहीनताको अन्त्य गर्न एवं यस्ता घट्ना नदोहोरिने सुनिश्चित गर्न आग्रह गर्दै मृतकका परिवारलाई न्याय एवं उचित क्षतिपूर्ति र घाईतेहरुलाई स्वास्थ्य उपचारको उचित ब्यवस्था एवं क्षतिपूर्ति प्रदान गर्न सरकार समक्ष हार्दिक अपिल गर्दछौं ।

उक्त घटनाको प्रतिकृयास्वरुप भदौ २४ गतेको प्रदर्शनबाट उपत्यकाका भित्रका सिंहदरवार, संसद भवन, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, न्यायलय लगायत अन्य महत्वपूर्ण स्थलहरु र काठमाण्डौ बाहिर भएका ब्यक्तिगत तथा सार्वजनिक संपत्तिमाथि आगजनी, तोडफोड, लुटपाट तथा योजनाबद्ध ढंगबाट ब्यक्ति, नेता तथा तिनका परिवारमाथि सांघातिक आक्रमण समेतका घट्नाप्रति गहिरो दुख: व्यक्त गर्दछौं । मुलुकमा शान्ति कायम राख्ने हामी सबै नागरिकको कर्तब्य हो । यसको पहल बदलाको भावनाले नभई रचनात्मक राजनीतिक संवाद तथा संभावनाबाट मात्र खोज्न सकिन्छ भन्ने कुरामा समाज विश्वस्त छ ।

२ दिनभित्र घटेका घटनाबाट भएको असिमित धनजनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै सम्बन्धित सरोकारवालाहरुमा थप धैर्य बन्न राज्यका सुरक्षा निकायहरु थप जिम्मेवार बन्न अपिल गर्दछौं । आगामी राजनीतिक मार्गको रचानात्मक ढंगबाट निकाश निकाल्दै राष्ट्रपति, सेना र युवा समुहवीच सहमती कायम गरी गैर राजनीतिक वयक्तिको नेतृत्वमा अन्तरिम सरकार गठन गरी कानूनी शासनको सहज वातावरण श्रृजना गर्नु अपरिहार्य छ । त्यसको लागि प्रदर्शनकारी तथा सुरक्षा निकायलाई संयमता अपनाउँन र शान्ति कायम गर्न अपिल गर्दछौं ।