२१ भाद्र २०८३, आईतवार
,
Latest
बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट बाढीमा औषधि गुमाएका ज्येष्ठ नागरिकका लागि नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर भोटेकोशी–त्रिशूली बाढीपीडितप्रति उपत्यकावासीको ऐक्यवद्धता, बेपत्ताको खोजीमा राज्यलाई उच्च प्राथमिकता दिन आग्रह पृथ्वी राजमार्गको परेवा भीरमा सडक मर्मत जारी, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य कृष्णभिरमा सडक भासिएपछि त्रिभुवन राजपथबाट इन्धन आपूर्ति, उद्धार टोलीका लागि नुवाकोटबाटै हवाई इन्धन तादीखोलामा एक्रोब्रिज जडान तीब्र पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता चीनको विपद् कुटनीतिः ‘राहतदाता’ देखि ‘पार्टी–पार्टी’ सहायतासम्मको बहुआयामिक अभ्यास पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्च अदालतमा सुनुवाइ स्थगन



अ+ अ-

काठमाडौँ : सर्वोच्च अदालतले अर्को सूचना जारी नहुँदासम्मका लागि सुनुवाइका क्रममा अदालतमा रहेका मुद्दाका पेसी स्थगन गरेको छ ।

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले आज जारी गर्नुभएको सूचनामा अब अर्को सूचना नभाएसम्मका लागि पेसीमा राखिएका मुद्दाहरू स्थगित गरिएको उल्लेख छ ।

“मिति २०८२-५-२४ गते भएको आगजनीका कारण सर्वोच्च अदालतमा रहेका मुद्दाका मिसिल, सर्भर, इजलाससमेत जलेर नष्ट भएको हुदाँ आजका लागि तोकिएका मुद्दाको पेसी स्थगित गरिएको छ”, सूचनामा भनिएको छ, “भोलिदेखिका पेसीमा रहेका मुद्दाहरूको सुनुवाइ अर्को सूचना नभाएसम्मका लागि स्थगित गरिएको व्यहोरासमेत जानकारीका लागि अनुरोध छ । यसबाट सर्वसाधरण सेवाग्राहीमा पर्न गएको असुविधाका लागि सर्वोच्च अदालत दुःख व्यक्त गर्दछ ।”

‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा मङ्गलबार सर्वोच्च अदालतमा समेत आगजनी भएको थियो ।रासस




भर्खरै