१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विषम परिस्थितीमा धैर्य र संयम अपनाउनु: ईश्वर पोखरेल



अ+ अ-

काठमाडौं: नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष्न ईश्वर पोखरेलले सम्पूर्ण कार्यकर्तामा विषम परिस्थितीमा धैर्य र संयमता अपनाउन आग्रह गर्नुभएको छ ।

सामाजिक सञ्जालमा लेख्दै पोखरेलले सामाजिक सद्ध्भाव र अमनचयनका लागि सबैको पहल प्रयत्न आवश्यक भएको उल्लेख गर्नुभएको छ ।

‘जस्तोसुकै कठिन परिस्थितीमा पनि लोकतान्त्रिक पद्धती,बहुलबादी मूल्य मान्यता,सामाजिक न्याय,विधिको शासन र रुपान्तरणकारी आन्दोलनकारीप्रति अविचलित रहन पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता,समर्थक,शुभेच्छुक तथा आम जनतामा हार्दिक आह्वान गर्दछु’ पोखरेलले लेख्नु भएको छ ।

बरिष्ठ उपाध्यक्ष पोखरेलले आन्दोलनका क्रममा भएको अस्वभाविक बल प्रयोग,त्यसबाट भएको धनजनको क्षति,ऐतिहासिक सम्पदा,सार्वजनिक सम्पती,राजनीतिक दलका कार्यलय र विभिन्न व्यक्तिका निजी निवास तथा सम्पतिमा गरिएको हिंसा र तोडफोडप्रति निन्दा र भत्सर्ना गर्नुभएको छ ।

पोखरेलले सामाजिक सञ्जालमा लेख्नु भएको पूर्ण पाठ:

हार्दिक अनुरोध

जेन जी पुस्ताका युवाहरूको आह्वानमा भएको भ्रष्टाचार नियन्त्रण तथा सामाजिक सन्जालमाथिको प्रतिवन्ध हट्नुपर्ने लगायतका विषयमा केन्द्रीत आन्दोलन र देशमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमप्रति सबैको ध्यान गम्भीर रूपमा आकर्षित भएको छ । आन्दोलनका क्रमा भएको जनधनको क्षतिप्रति गहिरो दुस्ख व्यक्त गर्दै आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति श्रद्घान्जली व्यक्त गर्दछु । शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना पनि गर्दछु । घाइतेहरूको उपचारमा सरकारले हालै गरेको निर्णयको प्रभावकारी कार्यान्वयन होस् भन्ने माग पनि गर्दछु ।

आन्दोलनमा भएको अस्वभाविक र अत्यधिक बल प्रयोग र त्यसकाणले भएको जनधनको ठूलो क्षति , सार्वजनिक सम्पत्ति, ऐतिहासिक सम्पदा , राजनीतिक दलका कार्यालय र विभिन्न व्यक्तिका निजी निवास तथा निजी सम्पत्तिमा गरिएको आगजानी, तोडफोड र हिंसाका घटनाप्रति निन्दा र भर्त्सना नगरी रहन सकिन्न । यी घटनाहरूको स्वतन्त्र र निष्पक्ष छानविन गरी दोषीमाथि कडा कानूनी कारवाही गरिनुपर्छ । साथै, भविष्यमा यस्ता दुस्खद वघटना नदोहोरिने वातावरण सुनिश्चित गर्नु हामी सबैको कर्तव्य हो ।

यस विषम परिस्थितिमा धैर्य र संयमता अपनाउन , समाजमा शान्ति, अमनचयन र सामाजिक वसद्भावका लागि सबैको पहल र प्रयत्न आवश्यक छ । जस्तोसुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक पद्धति, बहुलवादी मूल्य मान्यता , सामाजिक न्याय, विधिको शासन र रूपान्तरणकारी आन्दोलनप्रति अविचलित रहन पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक , शुभेच्छुक तथा आम जनतामा हार्दिक आह्वान गर्दछु । विगतबाट शिक्षा लिदै प्रतिकूल परिस्थितिलाई अनुकूल बनाउने दिशामा हामी सबै अघि बढ्नु अहिलेको  आवश्यकता  हो  ।