१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

बाबुरामको प्रश्न: लोकतन्त्रका प्रमुख आधारस्तम्भहरू छानीछानी आगो लगाउनेहरू को होला? तिनको उद्देश्य के होला?

बाबुरामको प्रश्न: लोकतन्त्रका प्रमुख आधारस्तम्भहरू छानीछानी आगो लगाउनेहरू को होला? तिनको उद्देश्य के होला?
अ अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले लोकतन्त्रका प्रमुख आधारस्तम्भहरू छानीछानी आगो लगाउनेहरू को होलान्रु तिनको उद्देश्य के होलारु भन्दै प्रश्न गर्नुभएको छ ।

जेनजी आन्दोलनलाई समर्थन जनाउनु भएका नेता भट्टराईले सामाजिक संञ्जालमा एक स्टाटस राख्दै यस्तो प्रश्न गर्नुभएको हो ।

उहाँले लेख्नु भएको छ देशको लोकतान्त्रिक कानून बनाउने थलो संसद, कार्यान्यन गर्ने थलो सिंहदरबार, कानूनको व्याख्या र न्याय निरूपण गर्ने थलो अदालत, शान्तिसुरक्षा कायम गर्ने थलो गृह मन्त्रालय, राजनीतिक दिशावोध गर्ने थलो दलहरूका कार्यालय, राम्रोरनराम्रो जे भए पनि लोकतन्त्रनिम्ति लडेका शीर्ष राजनीतिक दलका नेताको निवास आदि छानीछानी आगो लगाउने काम तपाईंहरूले पक्कै गर्नुभएको हैन।

नेता भट्टराईले लेख्नुभएको छ-

प्रिय Gen-Z का नवयुवा साथीहरू,

१.शायद ‘Revolution’ अब ‘Counter-Revolution’ मा परिणत हुँदैछ। मैले शुरूमा तपाईंहरूलाई समर्थन गर्ने क्रममा भनेको थिएँ- ‘भेडाको खोल ओढेर आउने ब्वाँसाहरू’ संग सतर्क रहनुहोला! शायद तिनीहरू तपाईंहरूको आन्दोलनमा पसिसके! देशको लोकतान्त्रिक कानून बनाउने थलो संसद, कार्यान्यन गर्ने थलो सिंहदरबार, कानूनको व्याख्या र न्याय निरूपण गर्ने थलो अदालत, शान्तिसुरक्षा कायम गर्ने थलो गृह मन्त्रालय, राजनीतिक दिशावोध गर्ने थलो दलहरूका कार्यालय, राम्रो/नराम्रो जे भए पनि लोकतन्त्रनिम्ति लडेका शीर्ष राजनीतिक दलका नेताको निवास आदि छानीछानी आगो लगाउने काम तपाईंहरूले पक्कै गर्नुभएको हैन। लोकतन्त्रका प्रमुख आधारस्तम्भहरू छानीछानी आगो लगाउनेहरू को होलान्? तिनको उद्देश्य के होला?

त्यसैले आत्मसमीक्षा गर्नुहोस्! अब त्यो आगो निभाउने काममा लाग्नुहोस्!

२. ती ‘ब्वाँसाहरू’लाई चिन्ने प्रयत्न गर्नुहोस्! विश्वभरका महान् क्रान्तिहरूको इतिहास पढ्नुहोस्। खासगरी संसार हल्लाउने फ्रान्सेली क्रान्ति ( इ सं 1789- 93) को इतिहास पढ्नुहोस्। मैले नेपालकै सबभन्दा भीषण क्रान्तिको वेला लेखेको ‘ नयाँ कोतपर्वलाई मान्यता दिनुहुँदैन’ ( कान्तिपुर दैनिक, 2058 जेठ 24 ) हेर्नुहोस्!

३. म निरन्तर तपाईंहरूको पक्षमा उभिदै आएको, एक दशकदेखि अब लोकतन्त्रको जगमा टेकेर मुख्यतः सुशासन र समृद्धिको वैकल्पिक राजनीतिलाई अघि बढाउनुपर्छ भनेर उकालीओराली गर्दै रातदिन खट्दै आएको मानिसलाई तपाईंहरूले मार्नुहुन्छ र घरमा आगो लगाउनुहुन्छ भन्ने विश्वास गर्दिनँ। त्यसैले सुरक्षाकर्मी र निकट सहयोगी साथीहरूले जोड गर्दागर्दै पनि आत्मविश्वासपूर्वक घरमै बसेर तपाईंहरूको आन्दोलनलाई हौसला दिंदै थिएँ। पन्ध्र मिनेट अगाडि मात्र सुरक्षाकर्मी र सहयोगीहरूले जोडबल गरेर ननिकालेको भए 96 बर्षीय पिता सहित एकै चिहान हुनेरहेछौं।

आखिर ती बाहिरबाट आएका मानिसहरू को थिए? सुने अनुसार कतिपयले विशेष रंगको स्कार्फ पनि लगाएका थिए रे! तपाईं Gen-Z का युवाहरू जस्ता देखिने कोही थिएनन् रे!

४. अब अलिकति वैदेशिक रोजगारीमा जान बाध्य हुनुभएका युवा साथीहरूसंग! तपाईं सधैं स्वदेश फर्कदा मलाई नयाँ नयाँ किताबको कोसेली ल्याइदिनुहुन्छ। ती किताब नै मेरा सम्पत्ति हुन्! अब ती किताब सबै खरानी भए रे! धन्न निस्कने वेलामा 21 औं शताब्दीका डार्विन भनिने Edward O. Wilson को चर्चित पुरानो पुस्तक THE HUMAN NATURE लिएर निस्कन भ्याएँ! अहिले किन मान्छेमा परोपकारी र स्वार्थी गुण संगसंगै हुन्छ भन्ने पढ्दैछु र अझै राम्ररी बुझ्दैछु।

Gen-Z लाई पनि काम लाग्ला कि?