२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेको बाल सुधार गृहमा झडप, ५ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । बाँकेको नौबस्तास्थित बाल सुधार गृहमा भएको झडपमा ५ जनाको मृत्यु भएको छ । घटनामा दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर रहेको बताइएको छ ।

गएराति सुधार गृहमा झडप भएको थियो । त्यसक्रममा प्रहरीले पनि नियन्त्रणको प्रयास गरेको थियो ।

घटनामा घाइते भएकाहरुलाई बाँकेको नेपालगञ्जस्थित भेरी अस्पताल ल्याइएको थियो । ती घाइतेमध्ये पाँच जनाको उपचारको क्रममा मृत्यु भएको हो । घाइते दुई जनाको उपचार जारी छ ।

देशभर जेनजीको आन्दोलन चर्किंदा नौबस्ताको बालसुधार गृहमा रहेकाहरु पनि भाग्न खोजेका थिए । प्रहरीले रोक्न खोजेको थियो । त्यही क्रममा झडप भएको थियो । केही युवा भागेका छन् भने केही बालसुधार गृहभित्रै रहेका छन् ।