५ श्रावण २०८३, मंगलवार
,
Latest
बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानवअधिकार आयोगद्वारा हिंसात्मक नहुन प्रदर्शनकारीलाई आग्रह



अ+ अ-

राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरत जेनजी समूहलाई हिंसात्मक नहुन आग्रह गरेको छ ।

आयोगले आन्दोलनकारीलाई संयमत्ता अपनाउन र सरकारलाई जेनजी समूहको माग सम्बोधन गर्न आग्रह गरेको हो ।

आयोगले सोमबारदेखी जेनजी समूहले गरेको प्रदर्शनको अनुगमन गरिरहेको प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिनुभयो । अनुगमनका क्रममा सरकारले अत्याधिक बल प्रयोग गरिएको पाईएको उहाँले बताउनु भयो । १९ जनाको मृत्युले पनि सरकारले अत्याधिक बल गरेको कुरालाई पुष्टी गर्ने उहाँले बताउनु भयो ।
उहाँले उक्त घटनाको छानविनको लागि अनुसन्धान टोली गठन गरेको छ । आयोगको सदस्य डा लिली थापाको संयोजकत्वमा अनुसन्धान टोली गठन गरेको हो ।

अनुसन्धान टोलीले प्रर्दशनका क्रममा भएका मानवअधिकार उल्लङ्घन र त्यसका संलग्नको पहिचान गरि दोषिलाई कारबाही गर्न र पिडितलाई क्षतिपुर्ती दिन सिफारिस गर्ने आयोगका प्रवक्ता डा पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार अनुसन्धान टोलिले मंगलबारदेखी नै काम थाल्नेछ । आयोगले यस घटनालाई निन्दा गरेको छ ।

उक्त घटना मानवअधिकारको अन्तर्राष्ट्रिय मूल्य मान्यता, नेपालको संविधान र कानूनको पनि विपरित भएको आयोगले जनाएको छ । हत्याको घटनालाई आयोगले गम्भिरतापूर्वक लिएर दोषीलाई कानूनी दायरमा ल्याउने आयोगले जनाएको छ ।