२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा. सन्दुक रुइतको आग्रह: सबै मिलेर देश जोगाऔं



अ+ अ-

काठमाडौँ । वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले जेन-जी समूहलाई संयमित हुन आग्रह गर्नुभएको छ । मंगलबार सामाजिक सञ्जालमार्फत डा. रुइतले परिवर्तनका लागि जेन-जीले अदम्य साहस देखाएको जनाउनु भएको छ ।

उहाँले सार्वजनिक सम्पत्तिमाथि आगजनी गर्न र नष्ट नगर्न आग्रह गर्नुभएको छ ।

यस्तो छ डा. रुइतको आग्रह

परिवर्तनका लागि सडकमा विरोध प्रर्दशन गरिरहनुभएका भाइबहिनीहरू, तपाईँहरूले देखाउनुभएको अदम्य साहसका कारणले असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेको छ । यस्तो अवस्थामा सार्वजनिक सम्पत्तिमाथि आगजनी गर्नु र नष्ट गर्नु उचित हुँदैन ।

सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व हो । तसर्थ सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौँ र गर्न नदिऔं । संयम बनौं ।

सबै मिलेर देश जोगाऔं, सबै जुटेर देश बनाऔं ।