४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

हिमालय एयरलाइन्सको स्पटोक्ति: हल्ला र अफवाहहरूमा कुनै सत्यता छैन

हिमालय एयरलाइन्सको स्पटोक्ति: हल्ला र अफवाहहरूमा कुनै सत्यता छैन
अ+ अ-

काठमाडौं । हिमालय एयरलाईन्सले हालै विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत् हिमालय एयरलाइन्स सम्बन्धी प्रसारित भइरहेको समाचारहरू पूर्णत: असत्य तथा भ्रामक रहेको जनाएको छ ।

आज एक प्रेस बिज्ञप्ति जारी गर्दे एयरलाईन्सले दुबई उडान नियमित तालिकाअनुसार सञ्चालन हुने उडान भएको जनाएको छ । प्रचारमा आएका हल्ला र अफवाहहरूमा कुनै सत्यता छैननभएको भन्दै एयरलाईन्सले यसप्रकारका अपुष्ट जानकारीमा विश्वास नगर्नुहुन तथा प्रचार–प्रसार नगर्नुहुन सबैलाई विनम्र अनुरोध गरेको छ ।

एयरलाईन्सले भनेको छ-

राज्यलाई परिआएको खण्डमा जस्तो सुकै सहयोग गर्नुपर्ने राष्ट्रिय दायित्वबाट कम्पनी कहिलै पनि बिमुख हुदैन । विगतमा पनि हिमालय एयरलाइन्सले कोभिड १९ को समयमा उद्धार उडानमा आफ्नो दायित्व निर्बाह गर्दै आएको छ ।

केही अनलाईन पोर्टलले स्रोतको हौवा दिएर प्रधानमन्त्री स्वास्थ्य उपचारको बहानामा हिमालय एयरलाइन्सको विमानमा दुबै उड्ने तयारी भन्ने समाचारप्रति हिमालय एयरलाइन्सको गम्भीर ध्यानाकर्षण भएको छ ।

यस्ता भ्रामक र कपोकल्पित समाचारको भ्रममा नपर्न एयरलाईन्स सबैमा हार्दिक अनुरोध गर्दछ । साथै हिमालय एयरलाइन्स यात्रुको सेवामा सधै जिम्मेवार र बफदार भएर लाग्ने प्रतिबद्धतासमेत व्यक्त गर्दछ ।