१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने बाढी प्रभावितको उद्धारमा ढिलाइ नगर्न कांग्रेसको आग्रह, सांसदको तलब सहयोग गर्ने निर्णय त्रिशूली–३ बीको सुरुङमा फसेकाको खोजी गर्न सेनाले खन्ने काम तीव्र पार्‍यो नेप्से परिसूचक ४३ अङ्कले घट्यो केरुङ नाका जोड्ने अवरुद्ध सडक खुलाउन उद्धारकर्मीको प्रयास तीव्र जलवायुजन्य विपद्को क्षतिपूर्ति विकसित देशले दिनुपर्छ: अध्यक्ष ओली रसुवा बाढी : नेपाली सेनाले ३३० जनाको उद्धार गर्‍यो, सुरुङमा खोजी जारी प्रधानमन्त्री शाह र रवि लामिछानेबीच भेटवार्ता, बाढी प्रभावित क्षेत्रको उद्धार र राहतबारे छलफल राहत पुगेन भन्दै ओलीको सरकारप्रति असन्तुष्टि भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो दिन जेनजीको प्रदर्शन (तस्बिरहरु)



अ+ अ-

काठमाडौँ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा जेनजी पुस्ताले बिहानैबाट प्रदर्शन गरिरहेका छन् ।

आन्दोलनको दोस्रो दिन बिहानैदेखि काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गरेका हुन् ।

जेनजी पुस्ताले काठमाडौं उपत्यकासहित देशभर नै आन्दोलन चर्काउँदै लगेका छन् । काठमाडौंको कलंकी, नयाँ बानेश्वर, संसद भवन लगायतका क्षेत्रहरुमा सडकमा टायर बालेर विरोध प्रदर्शन भइरहेको छ ।

सोमवार जेनजी पुस्ताले भ्रष्टाचारको विरोधमा प्रदर्शन गरेका थिए । नयाँ बानेश्वर लगायतका क्षेत्रमा प्रदर्शन भइसकेपछि संसद भवनमा प्रवेश गर्न खोज्दा आन्दोलन भड्किएको थियो । प्रहरीले अश्रु ग्यास, गोली प्रहार गर्दा २० जनाको मृत्यु भइसकेको छ ।