१३ असार २०८३, शनिबार
,
Latest
भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह गाडी दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपमेयर रानाको निधन निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते पेस्तोल र गोलीसहित दुई युवक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजसम्म कोरानाबाट २ लाख ६ हजार ९९२ को मृत्यु



अ+ अ-

काठमाडौं । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ६ हजार नाघेको छ । विश्वका २१३ देशमा फैलिएको करोना संक्रमणका कारण सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या २ लाख ६ हजार ९९२ पुगेको छ । वर्ल्डो मिटर्सको तथ्यांक अनुसार हालसम्म सबैभन्दा धेरै अमेरिकामा ५५ हजार ४१३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

इटलीमा २६ हजार ६४४, स्पेनमा २३ हजार १९०, फ्रान्समा २२ हजार ८५६ तथा बेलायतमा २० हजार ७३२ कोरोना संक्रमितको मृत्यु भएको छ । हाल विश्वभर १९ लाख ८७ हजार भन्दौ धेरै कोरोना संक्रमितको उपचार भइरहेको छ भने यसमध्ये ५७ हजार ६०० को अवस्था गम्भीर रहेको छ । बाँकीको अवस्था मध्यम रहेको छ ।

नेपालमा हालसम्म कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । संक्रमितको संख्या ५२ पुगेको छ । १६ जना निको भएर घर फर्किसकेका छन् । उपचाररत बाँकीको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।