२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजसम्म कोरानाबाट २ लाख ६ हजार ९९२ को मृत्यु



अ+ अ-

काठमाडौं । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ६ हजार नाघेको छ । विश्वका २१३ देशमा फैलिएको करोना संक्रमणका कारण सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या २ लाख ६ हजार ९९२ पुगेको छ । वर्ल्डो मिटर्सको तथ्यांक अनुसार हालसम्म सबैभन्दा धेरै अमेरिकामा ५५ हजार ४१३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

इटलीमा २६ हजार ६४४, स्पेनमा २३ हजार १९०, फ्रान्समा २२ हजार ८५६ तथा बेलायतमा २० हजार ७३२ कोरोना संक्रमितको मृत्यु भएको छ । हाल विश्वभर १९ लाख ८७ हजार भन्दौ धेरै कोरोना संक्रमितको उपचार भइरहेको छ भने यसमध्ये ५७ हजार ६०० को अवस्था गम्भीर रहेको छ । बाँकीको अवस्था मध्यम रहेको छ ।

नेपालमा हालसम्म कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । संक्रमितको संख्या ५२ पुगेको छ । १६ जना निको भएर घर फर्किसकेका छन् । उपचाररत बाँकीको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।