३० भाद्र २०८३, मंगलवार
,
Latest
आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान बुढीगण्डकी र फास्ट ट्र्याक निर्माणमा बाबुरामको दबाब, ‘अब पनि बहाना बनाएर रोक्नु हुँदैन’ ब्रिक्स बैंकको सहयोगमा बनेको सडकले भारतीय राज्यका स्थानीयको जीवनस्तर सुधार्दै अन्तर्राष्ट्रिय वुसु प्रतियोगिताले जोड्यो विभिन्न देशका खेलाडी र संस्कृति आज ऋषिपञ्चमी पर्व मनाइँदै, ऋषेश्वर मन्दिरमा भक्तजनको भीड उत्तरगयाका बाढीपीडितलाई पोखराबाट राहत, १६५ परिवारलाई प्रतिपरिवार ४० हजार बराबरका सामग्री भोटेकोशी बाढी : अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण मेलाबाट उठेको रकम पर्यटनमा लगानी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश २ः सत्तारुढ गठबन्धनका अर्याल र सिद्दकीद्वारा राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारी दर्ता



अ+ अ-

काठमाडौं । राष्ट्रियसभाको निर्वाचनको लागि प्रदेश नम्बर २ मा सत्तारुढ गठबन्धनको तर्फ नेकपा (माओवादी केन्द्र)की उर्मिला अर्याल र जसपाका तर्फबाट मो खालिद सिद्दकीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालयमा दुवै जना उम्मेदवारले मंगलबार उम्मेदवारी दर्ता गराउनु भएको हो । २ सिट खाली रहेको राष्ट्रियसभामा सत्तारुढ गठबन्धन पांच दल मिलेर उम्मेदवारी दिएपछि प्रदेश नम्बर २ मा एक सिटमा जसपा र एक सिटमा माओवादी केन्द्रले उम्मेदवारी दिएका हुन । 

जसपाका नेताहरुले पार्टी कार्यालयबाट नाराजुलुस सहित उम्मेदवारी दर्ता गराउन निर्वाचन कार्यालय पुगेका थिए । संचारकर्मीसंग कुराकानी गर्दै जसपाका उम्मेदवारी सिद्दकीले सबै वर्ग र समुदायको उत्थानको लागि आफु क्रियाशिल रहेको बताउदै अहिले मत भारको आधारमा आफू नै निर्वाचित हुनेमा विश्वस्त रहेको बताउनुभयो । उहाले पार्टीले आफुलाई उम्मेदवारी बनाएकोप्रति धन्यवाद समेत ज्ञापन गर्नुभयो ।

त्यसैगरि माओवादी केन्द्रको तर्फबाट उम्मेदवार रहनु भएकी अर्यालले देशमा संघीयता आएपछि यसको सफल कार्यान्वय अहिलेको आवश्यकता रहेको बताउनुभयो । उहाले संघीयता कार्यान्वय र महिलाहरुको अधिकारको लागि आफू सदैव प्रयत्नशिल रहने बताउनुभयो ।

पर्साको वीरगंज महानगरपालिकाकी अर्यालको प्रस्तावक नगिना यादव रहनु भएको छ भने सीता साह समर्थक रहनु भएको छ । त्यस्तै जसपाबाट अन्य समूह कोटामा सिरहाका मोहम्मद खालिद सिद्धिकीले उम्मेदवारी दर्ता गराउनु भएको छ । प्रदेश नम्बर २ मा सत्तागठबन्धन बलियो अवस्थामा रहेको छ । 

प्रदेश नम्बर २ मा सत्ता गठबन्धन अन्र्तगत काँग्रेसको २२ सय ६२ मतभार, माओवादी केन्द्रको ११ सय ९४, जसपाको २९ सय ८८ रहेको छ । सत्तारुढ दलका उम्मेदवारी दर्ता गराउन मुख्यमन्त्री लालबाबु राउत, पर्यटनमन्त्री शत्रुधन महतो, भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विजय यादव लगायतको उपस्थिति रहेको थियो ।