१३ असार २०८३, शनिबार
,
Latest
आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह गाडी दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपमेयर रानाको निधन निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते पेस्तोल र गोलीसहित दुई युवक पक्राउ स्वर्गद्वारीका उपमेयर सवार गाडी दुर्घटना रेनुका नगरकोटी सर्वाेत्कृष्ट महिला फुटबल खेलाडी अवार्डबाट सम्मानित सरकारलाई सुकुम्बासीको चेतावनी–‘उचित विकल्प नदिए पुनः पुरानै स्थानमा फर्किन्छौँ’ वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ मनसुनमा जाग्ने ढोरपाटनः सिकार पर्यटनबाट दिगो पर्यटनतर्फको यात्रामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिरामीको मृत्यु भएको भन्दै चितवनकाे प्रकाश मेडिकलमा घेराउ



अ+ अ-

चितवन

पूर्वी चितवनको कालिका २ स्थित प्रकाश मेडिकलमा बिरामीको मृत्यु भएको भन्दै आफन्तहरुले मेडिकल घेराउ गरेका छन ।

पेट दुखेर मेडिकल पुगेकी २५ बर्षिय निरमाया थिङको सोही मेडिकलमा मृत्यु भएको निरमायाका श्रीमान् भीम मोक्तानले बताए । मेडिकलमा उपचारमा लापरवाही भएको र उनको थप उपचारको लागि मेडिकलले भरतपुर पठाए पनि पुरानो मेडिकलमा पुग्दा श्रीमतीको मृत्यु भइसकेको मोक्तानले बताए ।

पर्सा जिल्लाको ठोरी ५ सुबर्णपुर घर भएका उनीहरु हाल कालिका १ लंकालाइनमा भाडामा बस्दै आएका थिए । मेडिकल संचालक प्रकाश रिजालले बिरामीको पेट दुखेकाले दुखाइ कम गराउने डिक्लोफेनिक र ग्यास्टिकको औषधि दिइ भरतपुर पठाइएको बताए ।

मेडिकल संचालक रिजाललाई सोधपुछका लागि ईलाका प्रहरी कार्यालय टाँँडी लगेको प्रहरीले जनाएको छ । अहिले मृतकको शव सरकारी अस्पतालमा पोस्टमार्टमको लागि राखिएको प्रहरीले जनाएको छ ।