२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सि बिच टेलिफोन वार्ता , सहयोग निरन्तरताको प्रतिबद्धता



अ+ अ-

काठमाडौं । चीनले कोरोना बिरुद्धको लडाईमा निरन्तर सहयोग र साथ दिने प्रतिबद्धता जनाएको छ । राष्ट्रपति बिद्यादेबी भण्डारी लाई टेलिफोन गर्दे चिनियाँ राष्ट्रपति सी जिनपिङ्गले नेपाललाई निरन्तर सहयोग पुर्‍याउने उल्लेख गर्दे दुबै देशका स्बास्थ्थ र चिकित्सकिय क्षेत्रमा सहयोगआदान प्रदान गर्ने बचन दिनुभएको छ ।

राष्ट्रपति भण्डारीले चीनले कोरोनाभाइरस नियन्त्रण अबलम्बन गरेको उपाएको उच्च प्रशंसा गर्दे चीनको सफलता बिश्ब समृुदायका लागि उदाहरणीय हुने बताउनु भयो । उहाले कोरोना महामारी नियन्त्रणका लागि चीनको अनुभवले कोरोनाभाइरसलाई पराजित गर्न अन्य देशमा आत्मविश्वास बढाउनेछ, उल्लेख गर्नुभयो। । हाल सम्म चीन सरकारले उपलब्ध गराएको सहयोग प्रति आभार ब्यक्त गर्दे महामारीको अन्त्य भएपछि दुई देशबीचको मित्रता अझ अटुट हुने बिश्वास ब्यक्त गर्नुभयो ।

नेपालले चीन संगको सहकार्य लाई उच्च प्राथामिता दिएको उल्लेख गर्दे राष्ट्रपति भण्डारीले नेपाल बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गत चीनसँगको सहकार्य बढाउन र मानवजातिको साझा भविष्यको साथ समुदायको निर्माणलाई प्रवर्द्धन गर्न इच्छुक रहेको उल्लेख गर्नुभयो ।
टेलिफोन सम्बादमा चिनियाँ राष्ट्रपति सी जिनपिङ्गले महामारीको अभूतपूर्व चुनौतीको सामना गरिरहेको अन्तर्राष्ट्रिय समुदायलाई पहिलेभन्दा अझ बढी ऐक्यबद्धता र सहयोग आवश्यक बताउनु भयो ।

चिनियाँ राष्ट्रपति सीले चीन मानवजातिको साझा भविष्यको साथ समुदाय निर्माण गर्ने धारणाप्रति प्रतिबद्ध रहेको र भाइरससँग लड्न अन्तर्राष्ट्रिय सहयोगमा सक्रियरुपमा लाग्ने जनाउदै विश्व स्वास्थ्य संगठनलाई विश्वव्यापी रूपमा अग्रणी भूमिका निर्वाह गर्न आग्रह सेमत गर्नुभयो ।