१० असार २०८३, बुधबार
,
Latest
कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकास आर्थिक मामिला तथा सुशासन समितिबाट राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन पारित



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिले राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदनको मस्यौदालाई सुझावसहित पारित गरेको छ ।

सोमवार बसेको समितिको बैठकले प्रतिवेदनलाई पारित गरेको हो । बैठकमा समित सभापति कमलादेवी पन्तले प्रतिवेदनलाई सुझावसहित पारित गरेको घोषणा गर्नुभएको थियो । सभापति पन्तले प्रतिवेदनलाई कार्यन्वयन गर्नको लागि गृहमन्त्री, प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ । उहाँले राष्ट्रिय सभामा प्रतिवेदनलाई परिमार्जनसहित पेश गर्ने जानकारी दिनुभएको छ ।

उहाँले भन्नुभयो, ‘प्रतिवेदनलाई पारित गरियो । यसलाई चाहीँ कार्यन्वयनका निम्ति गृहलाई पनि हामीले अनुरोध ग¥यौँ । प्रधानमन्त्री कार्यलयलाई पनि हामीले यसलाई अनुरोध ग¥यौँ र यसको अपन्वत्व प्रधानमन्त्री कार्यलयले लिन्छ, प्रधानमन्त्री स्वयंले लिनुहुन्छ, भन्ने कुरामा हामी आश्वस्त छौँ । र सभामा छलफल गर्नको निम्ति पनि हामीले आग्रह गर्छौँ र सभामा छलफल गछौँ । आगामी संसदमा यसलाई पेश गर्ने पनि हामीले अनुरोध ग¥यौँ ।’

सभापति पन्तले प्रतिवेदन गृहमन्त्री रमेश लेखकलाई हस्तान्तरण समेत गर्नुभएको छ ।