१० श्रावण २०८३, आईतवार
,
Latest
हेटौंडाको थानाभर्‍याङमा एक पुरुष मृत फेला एमाले–नेकपा समीकरणपछि काँग्रेसले सातै प्रदेशका नेतासँग गर्‍यो परामर्श एमबीएसको प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा दुई जना पक्राउ भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा अमेरिकाले इरानमाथिको आक्रमण रोक्यो, कारणबारे फरक–फरक रिपोर्ट गत आर्थिक वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट चाइनाबजार ई–कमर्स प्लेटफर्म साउन १३ गतेदेखि सञ्चालनमा आउने वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल त्रिवि एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएपछि छानबिन समिति गठन एआईको भाषिक असन्तुलनले विकासशील देशहरूलाई कसरी पछाडि पार्दैछ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

उडिरहेको जहाजमा बच्चा जन्मिए कुन देशको नागरिक हुन्छ ?



अ+ अ-

एजेन्सी । दुनियामा यस्ता धेरै कानुन र नियमहरू छन्, जसबारे निकै कम मानिसलाई मात्र जानकारी हुन्छ । तर, यस्ता विषयमा सबैलाई जान्न आवश्यक हुन्छ । आज हामी त्यस्तै एउटा रोचक कानुनबारे जानकारी दिँदैछौं ।

के तपाईंलाई थाहा छ ? यदि अन्तर्राष्ट्रिय उडानमा यात्रा गरिरहेका बेला आकाशमै कुनै महिलाले शिशुलाई जन्म दिइन् भने, त्यो शिशुको जन्मस्थान र नागरिकता कुन देशको हुनेछ ?

सामान्यतया सात महिनाभन्दा बढीको गर्भवती महिलालाई हवाई यात्रामा प्रतिबन्ध हुन्छ, तर विशेष परिस्थितिमा यात्रा गर्न अनुमति दिइन्छ । त्यही क्रममा यदि नेपालबाट बेलायत जाँदै गरेको विमानमै कुनै महिलाले शिशुलाई जन्म दिइन् भने, त्यस शिशुको नागरिकता र जन्मस्थान कसरी निर्धारण हुन्छ ?

यसरी हुने अवस्थामा शिशु जन्मिएको समय विमान कुन देशको सीमा भित्र थियो भन्ने आधारमा हेर्ने गरिन्छ । साथै विमान जहाँ अवतरण गर्छ, त्यही देशको विमानस्थल प्राधिकरणबाट जन्म प्रमाणपत्रसम्बन्धी कागजात लिन सकिन्छ । यस्तै, शिशुले आफ्ना बाबुआमाको राष्ट्रियता पाउने अधिकार पनि हुन्छ ।

यस्तै घटना अमेरिकामा
यसअघि पनि यस्तै एउटा घटना अमेरिकामा भएको थियो । नेदरल्यान्ड्सको राजधानी एम्स्टर्डमबाट अमेरिका जाँदै गरेको विमानमा एक महिलाले बच्चीलाई जन्म दिएकी थिइन् । त्यतिबेला विमान अटलान्टिक महासागरमाथि उडिरहेको थियो । विमान अमेरिकामा अवतरण गरेपछि आमा र बच्चीलाई अस्पताल भर्ना गरिएको थियो ।

महिलाले अमेरिकाको सीमाभित्र बच्चीलाई जन्म दिएको कारण बच्चीलाई नेदरल्यान्ड्स र अमेरिका दुबै देशको नागरिकता प्राप्त भयो ।

तर, विमानमै जन्मिएका शिशुको नागरिकता सम्बन्धी नियम देशअनुसार फरक–फरक हुन सक्छन् ।