१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

स्वास्थ्य जाँचबिनै पूर्वी क्षेत्रबाट भित्रिए ८ हजार नागरिक

स्वास्थ्य जाँचबिनै पूर्वी क्षेत्रबाट भित्रिए ८ हजार नागरिक
अ अ+ अ-

टीकापुर/डोटी/अछाम । लकडाउनकै अवधिमा पूर्वी क्षेत्रबाट झन्डै ८ हजार नागरिक सुदूरपश्चिम प्रदेशमा भित्रिएका छन्। उनीहरू केही पैदल र केही बसमार्फत आएका हुन्। प्रदेशको प्रवेशद्धार कर्णाली चिसापानी हुँदै आएका ती नागरिकको सामान्य स्वास्थ्य परीक्षणसमेत गरिएको छैन। लम्कीचुहा नगरपालिका–३ का वडाध्यक्ष भक्त चलाउनेका अनुसार उनीहरू चैत २७ गतेदेखि मंगलबारसम्म चिसापानीबाट सुदूरपश्चिम प्रवेश गरेका छन्। उनीहरू दोस्रो चरणको लकडाउन थपिएसँगै धमाधम पैदल आउन थालेका थिए। एक सातायता स्थानीय तह, संघीय सांसद, मन्त्रीलगायतले आफ्ना नागरिकलाई बसमै पठाउन थालेपछि त्यो संख्या बढेको हो। अघिल्लो सातासम्म ३ हजार जना प्रवेश गरेका थिए। ‘यो साता स्थानीय तह, सांसदहरूले पनि काठमाडौंबाट बसमा पठाउन थालेपछि यो संख्या निकै बढेको हो’, उनले भने।

पूर्वी नेपालबाट सुदूरपश्चिमको चिसापानी आइपुगेका मजदुर । तस्बिर : परमानन्द पाण्डे

धादिङ, गोरखा, तनहुँ, सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु, काठमाडौं, काभ्रे, नुवाकोटलगायत जिल्लामा रहेका सुदूरपश्चिमेली धमाधम फर्किरहेका छन्। उनीहरूलाई चिसापानीमा सामान्य जाँचसमेत हुने गरेको छैन। अन्य जिल्लाबाट आएकाहरूको स्वास्थ्य जाँच, ¥यापिड टेस्ट गर्नुपर्ने भए पनि उनीहरू भने त्यत्तिकै फर्किरहेका छन्। चिसापानीमा हेल्थ डेस्क सञ्चालन गर्न प्रदेश सरकारले निर्देशन दिए पनि कार्यान्वयन भएको छैन। लम्की चुहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयन्ती बीसीले जिल्लाले स्वास्थ्य सामग्री पठाएर हेल्थ डेस्क सञ्चालन गर्ने तयारी भइरहेको बताइन्।

डोटीमा १७३ भित्रिए:काठमाडौंमा डेरा बस्दै आएका डोटीका बासिन्दा सोमबार र मंगलबार १ सय ७३ जना फर्किएका छन्। बाहिरबाट आउने व्यक्तिले २१ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने जिल्ला प्रशासनको निर्णय छ। त्यसअनुसार उनीहरूलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने काम भइरहेको छ। उनीहरू स्थानीय तहहरूकै सक्रियतामा आएको हुन सक्ने र जो जसरी जिल्लामा आए पनि क्वारेन्टाइनमा भने अनिवार्य बस्नै पर्ने प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए। काठमाडौंबाट फर्किनेमा शिखर नगरपालिकाका ५५, दिपायल सिलगढी नगरपालिकाका २४, पूर्वीचौकी गाउँपालिकाका ४१, केआईसिंहका २०, बोगटान फुड्सिलका १९ र आदर्शका १२ जना छन्। तिनीहरू सबैलाई आआफ्नो स्थानीय तहले सबै व्यवस्थापनका साथ क्वारेन्टाइनमा राखेको बताइएको छ।

अछाममा ६५ जना फर्किए:गृह मन्त्रालयले लकडाउन कडाइ गर्न सुरक्षा निकाय र प्रशासनलाई परिपत्र गरेकै दिन मंगलबार अछाममा बाहिरबाट ६५ जना भित्रिएका छन्। डोटी र अछामको सिमाना चौखुट्टेमा रोकिएका ६१ जनालाई सोमबार जिल्ला भित्र्याइएको थियो। मंगलबार मात्रै धनगढीबाट चार जना जिल्ला भित्रिएका छन्। लकडाउन खुकुलो भएको गुनासो बढेपछि मन्त्रालयले सोमबार सुरक्षा निकाय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पासबिनाका सवारी आवतजावतमा पूर्णरुपमा रोक लगाउन निर्देशन दिएको थियो। त्यसको उल्लंघन गर्दे काठमाडौं, धनगढी, महेन्द्रनगर र टीकापुर विभिन्न ठाउँबाट आएकाहरू जिल्ला भित्रिएका हुन्। १६ जना बाजुरा जाने बस र ४९ जना अछामको बसमा आएका हुन्। चार जना बा। १५च २६४ नम्बरको स्कर्पियोमा मंगलबार बिहान आएका चौखुट्टे प्रहरी चौकीले जानकारी दिएको छ। जिल्लाका नौ स्थानीय तहले क्वारेन्टाइनमा राख्ने प्रतिबद्धता जनाएपछि जिल्ला भित्रिन दिइएकोे जिल्ला प्रहरी अछाममा प्रमुख प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताए।

लकडाउनमा कडाइ गर्दागर्दै पनि केन्द्रबाटै पठाइएका गाडी भएका कारण नाकाबाटै फर्काउन नसकिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए। ‘सबै स्थानीय तह लकडाउन अवधिमा बाहिरबाट कसैलाई पनि नल्याउने विषयमा एकमत भएका छन्। समस्यामा परेकाहरूलाई उतै राहतको व्यवस्था गर्ने सहमति भएका छ’, प्रमुख जिल्ला अधिकारी पौडेलले भने। फर्किएकामध्ये बान्नीगढी जयगढ गाउँपालिकाका २२, कमलबजार नगरपालिका, ढकारी र तुर्माखाँद गाउँपालिकाका ९, साँफेबगर नगरपालिकाका १२, चौरपाटी गाउँपालिकाका ३, रामारोशनका ८, मंगलसैन नगरपालिकाका ९ र मेल्लेख गाउँपालिकाका ३ जना छन्। सबैलाई क्वारेन्टाइनमा राखिने स्थानीय तहका प्रमुखहरूले बताएका छन्। अन्न्पुर्णपोष्ट दैनिक