४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

थर्मल गन प्रकरण: अग्रवालविरुद्ध डेढ वर्ष कैद र १५ लाख जरिवानाको माग

थर्मल गन प्रकरण: अग्रवालविरुद्ध डेढ वर्ष कैद र १५ लाख जरिवानाको माग
सुलभ अग्रवाल
अ+ अ-

कालोबजारी तथा माल–वस्तुको अनुचित सञ्चय गरेको आरोप लागेका व्यापारी सुलभ अग्रवालविरुद्ध मंगलबार सरकारले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । अग्रवाललाई डेढ वर्ष कैद गरी १५ लाख रुपियाँ जरिवाना गर्न माग गर्दै मुद्दा दायर भएको हो ।अदालतका अधिकृत टीका सिंहका अनुसार प्रहरीले अग्रवालद्वारा गरिएको अपराधका बारेमा कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन–२०३२ अन्तर्गत अनुसन्धान गरेको थियो । सो ऐनको दफा १४ को उपदफा ९३० मा अपराध भएको वा पत्ता लागेको ९० दिनभित्र मुद्दा दायर गर्नुपर्ने व्यवस्था छ । तर, अनुसन्धान छिटो सकिएकाले ९० दिनसम्म थुनामा राख्न नपरेको एक सरकारी वकिलले बताए ।

सो ऐनअन्तर्गत रहेका अपराधमध्ये अधिकांश अपराधको शुरू कारबाही र किनारा सम्बन्धित प्रमुख जिल्ला अधिकारीले गर्ने कानुनी व्यवस्था छ । एक वर्षभन्दा कम कैद सजाय हुने मुद्दाको कारबाही गरी छिनोफानो गर्न अर्धन्यायिक निकायलाई अधिकार दिइएको छ । तर, सरकारी कर्मचारीसरहको सुविधा लिएका कारण अग्रवाललाई डेढी सजाय हुने कानुुनमा उल्लेख गरिएअनुसार उनको मुद्दा अदालतमा दायर गर्नुपरेको एक सरकारी वकिलले बताए ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जनकराज दाहालबाट अग्रवाललाई थुनामा राख्न म्याद थप भइरहेको थियो । ऐनको दफा १९ मा भनिएको छ– ‘तारिखमा हाजिर नहुने वा जमानीमा छाड्दा अभियुक्त भागी जाने सम्भावना भएको वा निजले सबुुत प्रमाणमा हस्तक्षेप गर्ने सम्भावना भएको वा निजले यसअन्तर्गत अर्को कुनै अपराध गर्ने सम्भावना भएको अवस्थामा अभियुक्तलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गरिनेछ ।’

थुनामै राखेर मुद्दा चलाउन माग

उपभोक्ताको हितमा काम गर्नेहरुले अग्रवालको अपराध क्षम्य हुन नसक्ने भएकाले थुनामा राखी कारबाही गर्नुपर्ने धारणा राखेका छन् । उपभोक्ता हित संरक्षण मञ्चका अधिवक्ता ज्योति बानियाँले अग्रवालको दूषित नियत देखिएकाले थुनामा राखी मुद्दाको थप कारबाही अघि बढाउनुपर्ने आवश्यकता भएको जनाए । तर, प्रजिअ दाहालले के गर्ने भन्ने सम्बन्धमा प्रमाणको आधारमा हुने उल्लेख गरे ।

अग्रवाललाई थुनामा राखेर वा धरौटीमा राखी मुद्दाको थप कारबाही गर्ने भन्ने सम्बन्धमा आज बुधबार अदालतमा कानुुन व्यवसायी, सरकारी वकिल र न्यायाधीशबीच छलफल हुने भएको छ । प्रहरीले बुधबार अग्रवाल र प्रमाणका अन्य सामानहरू अदालत लाने भएको छ । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनका केन्द्रीय सदस्य कीर्तिनाथ शर्मा खुलमखुला कालोबजारी गर्नेलाई थुनामा नै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने धारणा राख्छन् ।

यस ऐनअन्तर्गत अपराधी ठहर भएको व्यक्तिलाई सार्वजनिकरूपमा निन्दा गर्नका लागि प्रमुख जिल्ला अधिकारीले अन्तिम निर्णयलाई सार्वजनिकरूपमा प्रकाशित गर्न सक्ने कानुुनी व्यवस्था छ । ऐनको दफा १६ मा भनिएको छ– ‘अन्तिम निर्णय भइसकेपछि यस ऐनअन्तर्गत अपराधी ठहरिएको व्यक्तिको नाम, ठेगाना र निजले गरेको अपराध तथा सजायको प्रकृति खोली प्रकाशित गराउन व्यापक सार्वजनिक हितका लागि उपयोगी हुन्छ भन्ने देखिएमा अन्तिम निर्णय गर्नेले समाचारपत्र वा अन्य कुनै माध्यमबाट प्रकाशित गराई सार्वजनिकरूपमा निन्दा गर्न निर्देशन दिन सक्नेछ ।’ नेपाल समाचारपत्र दैनिक