३ पुष २०८२, बिहीबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक स्थिरताका लागि संविधान संशोधन अपरिहार्य छ- नारायणकाजी श्रेष्ठ



अ+ अ-

गोरखा। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालमा राजनीतिक स्थिरताका लागि संविधान संशोधन अपरिहार्य रहेको बताउनुभएको छ ।

गोरखाको पालुङटार नगरपालिका–८ स्थित धुवाकोटमा आज नेवा समाजले आयोजना गरेको लाखेनाच प्रतियोगिताको उद्घाटन कार्यक्रममा उहाँले संविधान संशोधन, सुशासन र राजनीतिक शुद्धिकरणले मात्र राजनीतिक स्थिरता कायम हुने धारणा राख्नुभयो ।

“पछिल्लो राजनीतिक परिवर्तनले लोकतान्त्रिक गणतन्त्र स्थापन भए पनि जनताले अपेक्षा गरेअनुसार अझै जीवनस्तर फेर्न सकिएको छैन”, उहाँले भन्नुभयो, “देशलाई स्थिर दिशामा अगाडि बढाउन संविधान संशोधन, सुशासन र राजनीतिक शुद्धिकरण अपरिहार्य छ ।”

पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका उपाध्यक्ष श्रेष्ठले अहिले देशको मुख्य राष्ट्रिय कार्यभार जनताको जीवनस्तर उकास्ने गरी विकास र सम्वृद्धिको काम अघि बढाउनु रहेको उल्लेख गर्नुभयो ।

“राजनीतिक परिवर्तन, परिवर्तनका लागि मात्र होइन, जनताको जीवन फेर्ने साधन बन्नुपर्छ”, उहाँले भन्नुभयो, “नेपाली जनताले छ दशकभन्दा लामो सङ्घर्ष, जनआन्दोलन, जनयुद्धलगायत माध्यमबाट प्राप्त लोकतन्त्रलाई बलियो बनाउँदै सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणमा अघि बढ्नुको विकल्प छैन ।”

उपाध्यक्ष श्रेष्ठले विकास र समृद्धिमा फड्को मार्दै हरेक नागरिकको शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सम्प्रभुता, पूर्वाधार निर्माणलगायत आधारभूत विकासका आवश्यकतालाई सुनिश्चित गर्नेतर्फ राज्यले ठोस् कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।

सामाजिक एकताले मात्र राष्ट्रिय एकतालाई बलियो बनाउने बताउँदै उहाँले सबैको पहिचान र सबैको भाषा, संस्कृतिको संरक्षण र सम्वर्द्धनले जीवन्त समाज निर्माण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । रासस