२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चीन भ्रमणका क्रममा परराष्ट्रमन्त्रीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भनि स्पष्ट अडान राख्नुपर्दछः खुश्बु… काठमाडौँमा स्रोत नखुलेको रकमसहित पक्राउ ऊर्जा विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण, नीतिगत कार्यान्वयनमा जोड परराष्ट्र मन्त्री श्रेष्ठ आइतबार चीन जाँदै, यस्तो छ कार्यक्रमको तालिका चिया, दुग्ध र सुपारी किसानका समस्या समाधान गर्न सरकारसँग सचेतक राईको माग सरकारको ३० हजार मेगावाट लक्ष्य सफल बनाउन नीतिगत सुधार आवश्यक छ : सांसद पराजुली अर्थमन्त्रीले राजस्व हिनामिना गर्नुभयो, तत्काल संसदीय समिति गठन गरी छानविन गरियोस्ः गुरुप्रसाद बराल खेतीको समयमा मल अभाव भएको भन्दै सांसद राईद्वारा सरकारको ध्यानाकर्षण खेतीको मुख्य याममा ट्रान्सफर्मर चोरीले सिरहाका किसान चिन्तित बढ्दो साइबर ठगी नियन्त्रण र साइबर ब्युरोलाई सशक्त बनाउन सांसद न्यौपानेको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक स्थिरताका लागि संविधान संशोधन अपरिहार्य छ- नारायणकाजी श्रेष्ठ



अ+ अ-

गोरखा। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालमा राजनीतिक स्थिरताका लागि संविधान संशोधन अपरिहार्य रहेको बताउनुभएको छ ।

गोरखाको पालुङटार नगरपालिका–८ स्थित धुवाकोटमा आज नेवा समाजले आयोजना गरेको लाखेनाच प्रतियोगिताको उद्घाटन कार्यक्रममा उहाँले संविधान संशोधन, सुशासन र राजनीतिक शुद्धिकरणले मात्र राजनीतिक स्थिरता कायम हुने धारणा राख्नुभयो ।

“पछिल्लो राजनीतिक परिवर्तनले लोकतान्त्रिक गणतन्त्र स्थापन भए पनि जनताले अपेक्षा गरेअनुसार अझै जीवनस्तर फेर्न सकिएको छैन”, उहाँले भन्नुभयो, “देशलाई स्थिर दिशामा अगाडि बढाउन संविधान संशोधन, सुशासन र राजनीतिक शुद्धिकरण अपरिहार्य छ ।”

पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका उपाध्यक्ष श्रेष्ठले अहिले देशको मुख्य राष्ट्रिय कार्यभार जनताको जीवनस्तर उकास्ने गरी विकास र सम्वृद्धिको काम अघि बढाउनु रहेको उल्लेख गर्नुभयो ।

“राजनीतिक परिवर्तन, परिवर्तनका लागि मात्र होइन, जनताको जीवन फेर्ने साधन बन्नुपर्छ”, उहाँले भन्नुभयो, “नेपाली जनताले छ दशकभन्दा लामो सङ्घर्ष, जनआन्दोलन, जनयुद्धलगायत माध्यमबाट प्राप्त लोकतन्त्रलाई बलियो बनाउँदै सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणमा अघि बढ्नुको विकल्प छैन ।”

उपाध्यक्ष श्रेष्ठले विकास र समृद्धिमा फड्को मार्दै हरेक नागरिकको शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सम्प्रभुता, पूर्वाधार निर्माणलगायत आधारभूत विकासका आवश्यकतालाई सुनिश्चित गर्नेतर्फ राज्यले ठोस् कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।

सामाजिक एकताले मात्र राष्ट्रिय एकतालाई बलियो बनाउने बताउँदै उहाँले सबैको पहिचान र सबैको भाषा, संस्कृतिको संरक्षण र सम्वर्द्धनले जीवन्त समाज निर्माण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । रासस




भर्खरै