२१ भाद्र २०८३, आईतवार
,
Latest
कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट टिपरको ठक्करबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

औद्योगिक क्रान्तिका लागि समाजवादको खाँचो छ: झलनाथ खनाल



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा आर्थिक तथा सामाजिक रूपान्तरणका लागि औद्योगिक क्रान्ति गर्न समाजवादको खाँचो रहेको बताउनुभएको छ ।

पार्टी निकट नेपाल स्वतन्त्र सडक व्यापार सङ्गठनको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले मुलुकमा गरिबी, पछौटेपन, विभेद्को अन्त्य गरी आर्थिक तथा सामाजिक रूपान्तरणका लागि कम्युनिष्ट पार्टीको स्थापना भएको उल्लेख गर्नुभयो । उहाँले समाजवादबाट मात्रै औद्योगिक क्रान्ति सफल हुने धारणा राख्नुभयो ।

अहिले कम्युनिष्ट पार्टी नीति तथा सिद्धान्त विहीन भएकाले नेताको आदर्श र जीवनशैलीमा विचलन देखापरेको बताउँदै नेता खनालले राजनीतिमा विकृति र विसङ्गति देखिएकाले त्यसलाई सुधार्न विभिन्न वामपन्थी शक्तिलाई एकताबद्ध गर्नुपर्नेमा जोड दिनुभयो ।

लिपुलेकका विषयमा सरकारले भारतसँग कूटनीतिक र राजनीतिक रूपमा उच्चस्तरीय छलफल गर्नुपर्ने बताउँदै उहाँले राष्ट्रियताको सवालमा सबै दलको साझा सहमति हुन जरुरी रहेकामा जोड दिनुभयो ।

मानसरोवर जोड्ने भूमि लिपुलेक नेपालको भएको ऐतिहासिक तथ्य र आधारहरू रहेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न भारत भ्रमणका क्रममा उक्त विषयमा प्रष्ट धारणा राख्नुहुने नेता खनालले विश्वास व्यक्त गर्नुभयो । उहाँले राष्ट्र र राष्ट्रियताका विषयमा सबैको साथ र सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।