काठमाडौँ । एमाले विधान महाधिवेशनमा नेकपा एमाले स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मत पेस गर्न पाएनन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता रोक्ने पार्टीको निर्णयमाथि असहमतिसहित थापाले फरक मत राख्न खोजेका थिए ।
थापा फरक मत वाचनका लागि मञ्चअघि उभिएका थिए तर अध्यक्ष केपी ओलीले रोकेपछि उनी आधा घण्टासम्म उभिएर फरक मत नपढी बसेका थिए । अध्यक्ष ओलीले र थापा बिच केही दिनअघि ३ घण्टा सम्बाद भएको थियो । तर वान टु वान कुरामा उहाँहरु बिच कुनै सहमति भएन ।
एक प्रतिनिधिका अनुसार ओलीले ‘अस्ति १२ देखि ३ बजेसम्म तपाईँ र मेरो कुरा भएकै हो । किताब बाँड्न दिएकै छ । तपाईँले मलाई कन्भिन्स गर्न सक्नुभएन जानुस् ।’ भनेर लगाउनु भयो ।
फरक मतको पूर्णपाठ










