१३ असार २०८३, शनिबार
,
Latest
आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह गाडी दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपमेयर रानाको निधन निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते पेस्तोल र गोलीसहित दुई युवक पक्राउ स्वर्गद्वारीका उपमेयर सवार गाडी दुर्घटना रेनुका नगरकोटी सर्वाेत्कृष्ट महिला फुटबल खेलाडी अवार्डबाट सम्मानित सरकारलाई सुकुम्बासीको चेतावनी–‘उचित विकल्प नदिए पुनः पुरानै स्थानमा फर्किन्छौँ’ वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ मनसुनमा जाग्ने ढोरपाटनः सिकार पर्यटनबाट दिगो पर्यटनतर्फको यात्रामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना नलाग्ने अन्धविश्वासमा रक्सी खाँदा सातसयको मृत्यु



अ+ अ-

तेहरान। विषाक्त मादक पदार्थ सेवन गर्दा इरानमा मृत्यु हुनेको संख्या सात सयभन्दा बढी पुगेको छ । रक्सी सेवन गर्दा कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ भन्ने अन्धविश्वासमा परेर अत्यधिक रक्सी सेवन गरेकाहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार विषाक्त रक्सी सेवनका कारण कुल ७२८ जनाको मृत्यु भएको हो । गत फेब्रुअरी २० देखि अप्रिल ७ सम्ममा उनीहरुले अत्यधिक रक्सी सेवन गरेका थिए । इरानमा गत वर्ष पनि विषाक्त रक्सी सेवनका कारण ६६ जनाको मृत्यु भएको थियो । अल्जरीले संप्रेषण गरेको समाचार अनुसार देशमा कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि उनीहरुले अत्यधिक मात्रामा रक्सी सेवा गरेका थिए ।

इरान कोरोना भाइरसको सङ्क्रमण फैलिएको हिसावले मध्य पूर्वकै सवैभन्दा बढी प्रभावित देशमा पर्दछ । इरानका स्वास्थ्य मन्त्रायका प्रवक्ता किनौश जाहनपौरले शुरुमा पाँच हजार ११ जनाको विषाक्त रक्सीका कारण मृत्यु भएको र पछि ९० जनाको मृत्यु भएको बताए । पछि मृत्यु भएकाहरुको विषाक्त रक्सीका कारण आखाँ खराब भएर मृत्यु भएको उनले जानकारी दिए । इरानका अधिकांश भागमा रक्सी प्रतिबन्ध रहेको छ । तर रक्सी सेवनका कारण कोरोनाबाट बच्न सकिन्छ भन्ने गलत हल्ला फैलिएपछि कैयौ व्यक्तिले त्यही हल्लाका पछि लागेर कडा प्रकारका रक्सीहरु सेवन गरेका थिए ।

विषाक्त रक्सीले सुरुमा मस्तिष्कलाई असर गरेर शरिरका अन्य अंगहरुलाई पनि काम गर्न नसक्ने बनाउने गरेको अधिकारीहरुले जनाएका छन् । उनीहरुलाई छाती दुख्ने, वान्ता हुने, आँखामा समस्या हुनेलगायतका लक्षणहरु देखिने गरेको थियो । इरानमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५ हजार ८०६ पुगेको छ भने, ९१ हजारभन्दा बढी संक्रमित भएका छन् । यो संख्या मध्य पूर्वकै सवैभन्दा धेरै भएको जनाइएको छ । (गाृेरखापत्र दैनिक १७ गते)